बेल्जियम प्रहरीले सुरक्षाको कारण देखाउँदै फेसबुक प्रयोगकर्तालाई फेसबुक रियाक्सन फिचरहरु प्रयोग नगर्न सुझाब दिएको छ । फेसबुकले केही महिना अघि ६ वटा नयाँ रियाक्सन जस्तै माया, रिसाएको जस्ता फिचरहरु प्रयोगकर्ता माझ ल्याएको थियो ।
डिस्लाइक बुटन ल्याउन खोजेको फेसबुकले यस्ता फिचरहरु ज्यादा मनपराउने भन्दै प्रयोगकर्तामाझ ल्याएको थियो । बेलिजियन प्रहरीले दिएको जानकारी अनुसार फेसबुकमा व्यापारीहरुले इमोसन्सका आधारमा विज्ञापन गर्ने गरेको बताएको छ ।
उनीहरुले ति आइकनहरु मार्फत तपाईको भावना बुझ्ने त्यसैको फाइदा लिदै तपाईको प्रोफाइलमा विज्ञापन गर्ने गरेको बताएको छ ।
बेलिजियन प्रहरी अधिकारीहरु भन्छन्, ‘तपाईको गोपनियता यस्ता आइकनहरुले भंग गर्ने हुदाँ
आइकनहरुको प्रयोग नगर्नुहोस् । तपाईले प्रयोग गरिरहेको फेसबुक एकाउण्टमा आउने विज्ञापन तपाईले चाहेरपनि रोक्न सक्नुहुन्न ।’
त्यसकारण पनि फेसबुकका रियाक्सन प्रयोग नगर्न बेल्जियम प्रहरीले आफ्ना देशका नागरिकलाई बताएको छ ।
Monday, May 16, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment