चरा चुरुंगीका दुइ खुट्टा हुन्छन् । तर भारतमा भने एउटा चारखुट्टे कुखुरा भेटिएको छउत्तर प्रदेशको हापुडस्थित कुखुराको मासु पाइने एउटा पसल आजकल निकै चर्चामा छ । यो मामुली पसलले यति धेरै चर्चा पाउनुको एक मात्र कारण हो दिल्ली मण्डीबाट त्यहाँ ल्याइएको एउटा चारखुट्टे कुखुरा ।
दुनियामै कहीँ नभएको चार खुट्टे कुखुरा फेला परेपछि त्यहाँ ठूलै हंगामा नै भएको छ ।
उक्त कुखुरा निकै कौतुहलताको विषय बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
उक्त पसलमा कुखुराको मासु किन्न आएका मानिसहरु उक्त जिउँदो कुखुरालाई हेरेर कसैले त्यसलाई भगवानको रुप भन्दछन् भने कतिपयले त्यसलाई चमत्कार भन्दछन् ।
कतिपयले त यो चमत्कारी कुखुरा किन्नका लागि महंगो मूल्य तिर्न समेत तयार भैसकेका छन् । एक जना व्यक्तिले उक्त कुखुरा ४ हजार भारुमा आफुले किन्ने प्रस्ताव गरे । तर पसलका मालिक मोहम्मद कासिम तथा मोहसिनले उक्त अनौठो कुखुरा बेच्न अस्विकार गरेका छन् onlinekhabar bata
Feature Label Area
Monday, July 25, 2016
Tagged under: News
दुग्ध विकास संस्थानले यसरी ठग्दैछ उपभोक्ता
काठमाडौँ, साउन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो । क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि डिडिसीलाई पत्राचार गरिएको जानकारी दिए ।

Tagged under: International
जापानमा आक्रमण : चक्कुले हानेर १९ जनाको हत्या, ४५ जना घाइते
साउन ११ – जापानको राजधानी टोकियो नजिकै रहेको अपांगता भएकाहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको ज्यान गएको छ । अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य ४५ जना घाइते भएको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिममा रहेको अपांगता भएका व्यक्तिको आवासीय रेखदेख केन्द्रमा प्रवेश गरेर चक्कुले आक्रमण गर्ने २६ वर्षका सातोशी उएमाट्सुलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । उनी रेखदेख केन्द्रका पूर्व कर्मचारी रहेको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नेपाली समय अनुसार सोमबार राति सवा ११ बजे यो घटना भएको हो ।
उएमाट्सुले रेखदेश कन्द्र नजिकै रहेको प्रहरी चौकीमा गएर आफूले आक्रमण गरेको भन्दै अपराध कबुल गरेको जनाइएको छ । आक्रमण के कारणले गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tagged under: Entertainment
पत्रकारको प्रश्न सुन्नसाथ किन रिसाईन् करिना ?
काठमाडौँ, साउन ४: बलिउड नायिक करिना कपुर गर्भवती भएको खबर भारतीय सञ्चारमाध्यममा खुबै चर्चा छ । केहि दिनअघि करिना मुम्बई एयरपोर्टमा नजर आइन् । त्यस समय उनी पती सैफ अली खानको साथमा थिईन् ।
लगातार गर्भवती भएको खबर आउनाले उनी हैरान भएकी छन् । एक अन्तर्वार्ताको क्रममा उनी रिसाईन् ।
जब पत्रकारले करिनालाई सोधे,‘तपाइले चलचित्रबाट केही समयका लागि बिदा लिएर किन आराम गरिरहनु भएको छैन ? प्रश्न सुन्नसाथ उनी रिसाईन् र भनिन्,‘म गर्भवती भएकी हुँ, मरेकी हैन ।’ करिनाले प्रश्न गरिन्,‘यसका लागि किन छुट्टी लिनुपर्यो ?
सन्तान जन्माउनु यो धर्तीका लागि सामान्य कुरा हो ।’ मिडियाले यसलाई उचालेको छ ।’ उनले भनिन् । ‘म गर्भवती भएर मेरो काममा कुनै असर परेको छैन तर मिडियामा आउने समाचारले मेरो कामलाई असर गरेको छ ।’ उनले भनिन् । ‘म पहिले जस्तो थिए अहिले पनि उस्तै छु ।’

संसारका यस्ता मृत्यु जुन पत्याउनै गाह्रो छ
मृत्यु आखिर सत्य छ । यसबाट कोही पनि बच्न सकेको छैन । मृत्यु कुनै पनि ठाउँमा कुनै पनि समयमा तपाईंसँग आइपुग्न सक्छ । विश्वास लागेको छैन ? त्यसो हो भने कस्तो अचम्म प्रकारले मृत्युले मानिससँग भेट गरेको छ, त्यसबारे हामी बताउँदैछौं । न्यूयोर्कको वेटरटाउन शहरकी मेयर मोनिका आफ्नो शहरको ढलको ट्याङ्की जाँच गर्न गएकी थिइन् । त्यतिबेलै उनको खुट्टा चिप्लिएर उनी १५ फुट गहिरो ढलमा खसिन् जहाँ उनको मृत्यु भयो । श्याम देशकी महारानी (अब थाइल्याण्ड) सुनन्दा कुमारीरत्नाको मृत्यु समुन्द्रमा डुब्नाका कारण भयो । उनीमाथि लगाइएको बन्देजले उनको ज्यान लिएको हो ।
वास्तवमा उनलाई साधारण मानिसहरुलाई छुने अनुमती थिएन । अब कसैले महारानीको ज्यान बचाएर आफ्नै ज्यान गुमाउन को राजी होला ? फगिल्यू मुखामेत्ज्यानोव नामकी रुसी महिलाको जब आँखा खुल्यो तब उनले आफैंलाई एक कफिनमा बन्द पाइन् । उनलाई गल्तीपूर्वक मृत घोषित गरिएको थियो । तर जब आफूलाई मृत घोषणा गरिसकेको भन्ने उनलाई थाहा भयो, जिउँदो हुँदा हुँदै पनि उनको तुरुन्त मृत्यु भयो । ह्यास स्टेनिंगरको संसारको सबैभन्दा लामो दाह्री थियो । तर सन् १५६७ मा आफ्नै दाह्री काट्ने क्रममा मृत्यु भएको थियो । उनी बसेको ठाउँमा आगो लागेका कारण उनको दाह्री काट्दै गर्दा मृत्यु भएको हो ।
बासिल ब्राउन फिटनेस प्रेमी थिए । उनी हरेक दिन एक ग्यालिन गाजरको जुस पिउने गर्दथे तर त्यही गाजरको जुसले उनको ज्यान लियो । क्राइसिप्पस अफ सेली एक ग्रीक फिलोसोफर थिए । तर उनको मृत्यु हाँस्दा हाँस्दै भयो । वास्तवमा उनले एक गधाले अफिम खाइरहेको देखे र उनी त्यतिबेलासम्म हाँसे कि उनको ज्यान नै गयो । मोन्ट्रियलमा बस्ने मारिया प्याजोलाउलोज नामकी नयाँ दुलहीको नदीमा डुबेर मृत्यु भयो । उनको मृत्यु त्यतिबेला भयो जब उनी आफ्नो विवाहको फोटोसुट गरिरहेकी थिइन् ।
ब्रायन जे पेरीको मृत्यु त्यतिबेला भयो जब उनी गन सेफ्टी क्लासमा थिए । क्लासमा सिक्ने क्रममा गोली चल्यो र उनको मृत्यु भयो । सन् १९५८ मा अभिनेता गेरेथ जोन्स अभिनय गरिरहेका थिए । उनको क्यारेक्टरले अभिनयको क्रममा स्टेजमा हृदयघातको नाटक गर्नुपर्दथ्यो । जब उक्त दृश्य आयो तब उनलाई वास्तविक रुपमा नै हृदयघात भयो । मानिसहरुलाई लाग्यो कि उनी अभिनय गरिरहेका छन्, तर हेर्दा हेर्दै उनी संसारबाट बिदा भए ।

सामाजिक सञ्जालमा केपी ओली !
यादव देवकोटा, केपी शर्मा ओलीको वर्हिगमन । यस्ले राजनीति राग मात्र ओकलेन । कपितय नेपालीहरु पार्टीवादबाट वाहिर निस्किएर भएपनि दुःखमनाउ गरेर र गरिरहेका छन् । सामाजिक सञ्जालहरुमा देखिएको ओलीप्रेमले उनले छोटो समयमा कमाएको ख्यातिलाई जोडेर हेर्न थालिएको छ ।
मुर्छनामा परेका सपनाहरुलाई व्युँताएको हुँ । देश विकासका लागि सपना देख्न पाइन्छ । केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दा बोलेका शब्द हुन यी । हुन पनि उनको सपना पूरा हुन्थ्यो या हुन्थेन तर उनका सपनाहरुले धेरैलाई छोएको रहेछ भन्ने सामाजिक सञ्जालहरुमा कोरिएका अभिव्यक्तिहरुले प्रष्ट पारेका छन् । समालोचक, बुद्धिजीवी, कलाकार , पत्रकार मात्र नभई बिभिन्न दलहरुमा आवद्ध कार्यकर्ताहरुले पनि ओलीको वर्हिगमनलाई असहज मानेर दुखमनाउको टिप्पणी गरे । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै गर्दा देखि नै ओलीको समर्थनमा सामाजिक सञ्जाल ट्वीटरमा ‘आइएमविथ केपीओली’ह्यास ट्याग नेपालको ट्रेन्डिङ लिस्टमा पहिलो नम्बरमा नै आयो । त्यस्तै युट्युवमा पनि ओलीको समर्थनमा भिडियो पोष्टहरुको बाढी नै लाग्यो । युट्युवमा आएको यो पोष्ट सम्भवत सर्वाधिक चर्चामा आयो । भारतनिर्भर अर्थराजनीतिलाई स्वतन्त्रबनाउने कुरा सुन्दा बेहोश हुन्छन् ती, एउटा गरिब ठूलो रकम चिठ्ठा जित्दा बेहोस भएझैं ।’ सबैको मन छोएको यो मर्मस्पर्शी पोष्ट ….
यस्तै संविधानविद् एवं कुटनीतिज्ञ निलाम्बर आचार्यको शब्दमा: केपी ओली , एक स्वाभिमानी प्रधानमंत्री, जो नौ महिनाको कठीन अल्पकालमै दीर्घकालीन छाप छाड्न सफल भए ।
Tagged under: News
जात नमिलेकी केटीसँग विहे गर्दा यसरी मारिए अजित, प्रहरीकै मिलेमतो !
साउन तीन गते सोमबारको कुरा हो, सधैं झै म विहानै नौ बजे अफिस पुगेकी थिए । अफिस पुगेर पत्रिका पढिरहेकी थिए । ‘अन्तरजातिय विहे गरेका युवकको मृत्यु, शीर्षकको समाचार मेरो आँखामा ठोक्किन पुग्यो । निकै कोतुहल्ताका साथ समाचार पढे । यो दुखद खबर मैले मेरा सहकर्मी साथीहरुलाई पनि सेयर गरे ।
केहि साथीहरुले त्यो घटनाका बिषयमा पहिला नै जानकारी पाइसकेका रहेछन् । मनमा सारै दुख लागेर आयो त्यो समाचार पढ्दा ।
माया प्रेमले त ! न जात, न धर्म, न गरिब, न बर्ण, केहि पनि हेर्दैन । तर, यहाँ त तेहि जातका कारण कसैको ज्यानै गएको घटना सुन्दा साँच्चिकै माया प्रेमका ति कथा कहानी अनि ति मुना मदन, लैला मझनुहरु आफैमा अति लज्जित भैरहेको भान भयो । दिमागले नै एकछिन केहि सोच्न सकेन ।
यो नेपाली समाज देखेर नै वाक्क र दिक्क लागेर आयो । मायाप्रेमले त संसार जित्छ भन्थे तर, आफैलाइ नष्ट गर्ने यो कस्तो माया ? तेहि पवित्र प्रेमको फुल च्यातेर फ्याँक्दै, कायरता ढंगले तिनै पवित्र प्रेमका पुजारीको मृत्यु भयो, हत्या भयो । र नेपाली समाज आज फेरि बेस्सरी गन्हाएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका ६ होक्सेका १८ वर्षिया अजित ढकाल (मिजार) को मृत्यु भयो, कारण उनले अन्तरजातिय विवाह गरेका थिए ।
अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी युवतीसँग असार २५ गते प्रेम विवाह गरेको खबर त्यो अखवारमा छापिएको थिए ।
असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा अजितको प्रेमलाई छुट्याइयो । अजितको प्रेमविवाहलाई वाल विबाहको निहुँमा छुट्याइएको प्रति धेरै जनाको गुनासो त नहोला । तर, वालविबाहको यति नजरअन्दाज गरिन्थ्यो भने, देशका बिभिन्न ठाँउमा अझै पनि वालबिवाह भैरहेका खबर सुनिनमा आउदैन्थ्यो होला । “जो होचो, उसको मुखमा घोचो” भने झै काभ्रेका दलित किशोर अजित मिजारलाई मात्रै वालविबाहको आरोप लाग्यो र उनको प्रेम उनिबाट खोसियो । प्रेम मात्रै खोसिएन अजितको श्वास पनि चुडिंयो ।
अजित मिजार र उनकी प्रेमिका वाहुन थरकी किशोरीलाई छुट्याइएको तीन दिनपछि अजितको लास धादिङमा डोरीले झुन्डिएको अवस्थामा फेला पर्यो । जो अति नै शंकास्पद र रहस्यमय थियो ।
यो घटना एका एका चौतर्फी फैलिसकेको थियो । सामाजिक न्यायका लागि बोल्ने र लेख्ने मेरो पेशा भनौ या रहर भएकाले यो घटनालाई मैले नजिकबाट बुझ्ने जमर्को गरे ।
मेरो अफिसमा स्टाफहरुबिच तेहि दर्दनाक घटनाका बिषयमा कुराकानी हुदै गर्दा अजित मिजारको लास आफन्तले माहाराजगंजस्थित टिचीङ् अस्पतालमा ल्याइएको खबर थाहा भयो । र, त्यसबारे रिर्पोटिङ्गका लागि म टिचीङ् अस्पतालतर्फ गए ।
टिचिंङ पुग्दा दिउसोको करिब साढे २ बजिसकेको थियो । टिचीङको प्राङ्गणमा पुग्दा त्यहाँ थुर्पै दलित अधिकार कर्मीहरु, संघ संस्थाका प्रतिनीधि, सांसद लगाएत पिडित अजितका आफन्तहरुको ठुलो भिड थियो ।
सबैको अनुहारमा निकै निरासा र मलिनता देखिन्थ्यो । मेरो मनपनि निकै भारि भैरहेको थियो त्यो शोकाकुल दृष्य देख्दा । आँशु मात्रै खस्न सकेको थिएन । अस्पतालमा पुगेर मैले घटनाबारे सबिस्तार बुझ्ने प्रयत्न गरे । मृतकका बुवा हरिभतm ढकाल मिजारसंग केहि सोध्न खोजें उहाँ बोल्नै सक्नु भएन ।
मृतक अजितका दाजु दिपेन्द्र अलि अलि बोल्न सक्ने अवस्थामा भए पनि घरि घरि गला अवरुद्ध हुंदै थियो उनको पनि ।
दाजु दिपेन्द्रको मुखबाट एउटै शब्द अघि अघि निस्न्थियो ! ‘सत्य तथ्य के हो पत्ता लागोस, मेरो भाइको कसरी हत्या भयो ? कोले हत्या गर्यो ? किन गर्यो ?’
खासमा अजितको मृत्यु कारण के थियो ? घटनाक्रममा के के भयो ?
काभ्रे पाँचखाल नगपालिका ६ होक्सेका १८ वर्षिया अजित ढकाल मिजारको मृत्युको कारण अन्तरजातिय विवाह हो ।
पाँचखालकै पराजुली थरकी युवतीसँग असार २५ गते प्रेम विवाह गरेका अजितको असार २७ गते माइती पक्षले बालविवाह भयो भनेर प्रहरीमा उजुरी गरेपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई छुटाइएको थियो ।
त्यसपछि केटीका आफन्तहरुले केटालाई धम्काउन थाले । ‘तँलाई तिन दिनमा देखाई दिन्छौं, भनेपछि छोरालाई घरबाहिर नजान भनेर सल्लाह दिएको कुरा अजितका बुवा हरिभक्त ढकाल मिजार बताउछन् ।
छोरालाई अपठ्यारो हुन्छ की भनेर असार २८ गते ठुली आमाको घर आएका अजित २९ गते विहान क्याम्पस समेत गएको बाबु हरिभतm बताउछन् । कलेजबाट फर्के पछि आमालाई मोवाइलको चार्ज किन्न भनेर १०० रुपैंया मागेका थिए अजितले । पछि रिचार्ज नकिनेर ५० रुपौंया बहिनीलाई दिएर निस्केका थिए ।
दाजुभाईले सँगै खाना खाएर बसेका थियौं दिउसो २ बजे तिर म पानी लिन निस्कए, पानी लिएर घर फर्किदा त मोवाइल घरमै थियो भाई थिएन्, अजितका दाजु दिपेन्द्र भन्छन् ।
कतै साथीहरुको घरमा गएको होला साँझसम्म फर्किन्छ होला सोचेका थियौं पछि रातिसम्म नफर्के सम्म आफुहरुलाई शंका लाग्न थालेको दिपेन्द्र बताउछन् ।
त्यहि राति ८ बजेतिर अजितले आफ्नो ठुली आमालाई पनि फोन गरेका रहेछन् । तर, आमासंग कुरा नभएपछि आमाले अजितका घरमा जानकारी गराउदा उनका दाजुले अजितले गरेको फोन नम्बरमा फोन डायल गर्दा गित सुनाउने र जे मनमा आयो त्यही फोहर कुरा बोल्ने गरेको दिपेन्द्रले बताए ।
त्यसपछि, अजित बेखर नै भए सदाका लागि । कता गयो, के भयो भनेर घरकाले धेरै खोजिनिती गर्दा कतै अत्तोपत्तो लागेन ।
अजितको लास धादिङमा भेटियो
विवाह गरी छुटेको तिन दिन नबित्दै अजितको लास धादिङमा डोरीले झुन्डिएको अवस्थामा फेला पर्यो । मृत्यु निकै शंकास्पद भयो । अजितकी प्रेमीकालाई आफन्तले घर लैजाँदा अजितलाई मार्ने धम्की दिइएको पिडीत अजितका आफन्त बताउछन ।
अजितका आफन्त र जिल्लास्थित दलित अधिकारकर्मीले उनको अजितको आत्महत्या नभई हत्या नै भएको भनिरहेका बेला पोष्र्टमाटमको रिर्पोटले पनि अजित आफै झुन्डिएर आत्महत्या नगरेको पुष्टि भएको छ ।
धादिङमा के भयो ? प्रहरी बेइमानीको प्रर्दाफास
धादिङको फुुर्के खोला गजुरीमा पुरानोको काठको यात्रु प्रतिक्षालयमा असार ३० गते विहान विहान दुध बेच्न जाने स्थानीयले डोरीले झुन्डाइएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साँची राखेर मुचुल्का गरी प्राथमिक स्वास्थ्य चौकी गजुरीमा उनीहरुको भाषामा पोष्टमार्टम नै नगरि दरौदी खोलामा गाडि दिए ।
प्रहरीले वेवारिसे लास भएकाले स्थानीयको सक्रियतामा अजितको लास गाढेको कुरा उल्लेख गरेको छ । तर, कानुनतहः वेवारीसे लास भेटिएका त्यसका धेरै प्रकृया पुरा गरेर मात्रै लास गाड्ने नियममा छ । तर, यहाँ सामान्य प्रकृया पनि नपुर्याइ लास गाडियो देखियो ।
यति हुँदासम्म पनि मृतक अजितका आफन्तलाई कुनै जानकारी थिएन ।
धादिङकै मेची महाकाली डटकमले अजित झुन्डिएको फोटोहरु जब फेसबुकमा सेयर गर्यो त्यसपछि बल्ल आफन्तले थाहा पाए की, अजित त यो संसारबाट बिदा भैसके छ । आफन्तहरु धादिङ पुगेर अजितको लास माग्दा प्रहरीले लासलाई पोष्टमार्टम गरेर गाडेकाले उत्खलन् गर्न नपाइने बतायो । त्यसपछि अजितका आफन्तले कानुनी उपचार र अजित मृत्युको सत्यतथ्य थाहा पाउन अधिकारकर्मी गुहार्यो । राष्ट्रिय दलित आयोगले गृहमन्त्रालय मार्फत चिट्ठी पठाएपछि साउन दुई गते गाडिएको लास उत्खन्न गरेर टिचिंङ अस्पताल महाराजगंजमा राती पुर्याइयो पोष्टमाटमका लागि ।
साउन दुई गते बेलुका तिर अजितको लासलाई टिचिंङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर विड्म्बना, धादिङ गजुरी प्रहरीले पोष्टमार्टम गरिसकेकोले फेरी पोष्टमार्टम गर्न नपाइने रिर्पोट दिएर अजितका आफन्तलाई फिर्ता पठायो । जुन झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको लासको प्रकृती हेर्दा पोष्टमार्टम नै नगरेको कुरा सामान्य मान्छेले पनि थाहा पाउथ्यो ।
त्यसपछि राष्ट्रिय दलित आयोगले गुह मन्त्रालयमा गएर दबाब दिएपछि पुनह पोष्टमार्टमका लागि अनुमति दिइयो र साउन ५ गते लास ल्याएको तिन दिन पछि पोष्टमार्टम गर्ने प्रकृया भयो ।
प्रहरीले आत्म हत्या गरेको भन्ने कुरा झुट सावित भएको छ ।
पीडितलाई न्याय र दोषीलाई हदैसम्मको सजाय
कसैको हत्या गर्नु अपराध हो । त्यसमा पनि जातियता कारण भएको यो घटना झन जघन्य अपराध हो । नेपालको संविधानले पनि कसैलाई जातियता कारण कुटपिट भएमा त्यसलाई जघन्य अपराध मानेको छ । काभ्रेका अजित ढकाल मिजार जसले अन्र्तरजातिय विबाह गरेकै कारण मारिनु पर्यो । जुन अहिलेको एक्काशौ शताव्दीको समाजका लागि सारै लाजमर्दो कुरा हो । कसैले कसैलाई माया गर्नु, आफ्नो जिवन साथी बनाउनु त्यो उसको नितान्त ब्यतmीगत कुरा भैसकेको बर्तमान परिपेक्षमा विबाह गर्दा जात नमिलेका कारण कसैलाई मारिदिनु कहाँसम्मको मानवता हो ? कतिसम्मको जातिय उग्रता हो ? घटना जे घट्यो त्यसले सिङ्गों नेपाली समाजलाई लज्जित पारेको छ ।
अब, पिडीतलाई जति सक्दो उचित न्याय र दोसीलाई कडा कार्बाही गर्नतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ । यहि घटनाका कारण समाजमा सदभाव बिर्गन दिनु हुन्न । गल्ती एक दुईले नै गर्छन तर, सिङ्गो समाज नै गन्हाउछ ।
त्यसैले यस्ता घटना फेरि नदोहोरिन सबैले सजकता अपनाउनु पनि जरुरी छ ।
साथै पिडीतलाई न्याय दिलाउन र दोसीलाई कडा कार्बाही गराउनका लागि कुनै ब्यक्ति र संघसंस्था भन्दा पनि सम्पुर्ण सचेत नागरिक, मानवअधिकारकर्मी, नागरिक समाज, संचार जगत एकजुट भएर आवाज उठाउनुपर्छ । अहिले घटनालाई नजिकबाट राष्ट्रिय दलित आयोग, दलित अधिकारकर्मी, विभिन्न दलित संघसंस्थाहरु, बढि कृयाशिल देखिए पनि यो जातिय बिभेद राष्टकै समस्या भएकाले यसमा सरकार र सम्पुर्ण राजनितीक दल बढि अग्रसर भई आगामी दिनमा यस्ता अपराघ नघटुन भन्नका लागि संयुक्त पहल हुन जरुरी छ । अनि मात्रै अजित मिजारहरु जातियताकै कारण मर्ने छैनन् । र यस्ता घटनाले हामी सबैको शिर निहुरिने छैन । दैनिकनेपालबाट साभार गरिएको |
(खड्का जागरण मिडिया सेन्टरमा कार्यरत छिन् ।)
Subscribe to:
Posts (Atom)