काठमाडौँ, साउन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो ।
क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि डिडिसीलाई पत्राचार गरिएको जानकारी दिए ।
Monday, July 25, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment