300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, July 25, 2016

Tagged under:

जापानमा आक्रमण : चक्कुले हानेर १९ जनाको हत्या, ४५ जना घाइते

साउन ११ – जापानको राजधानी टोकियो नजिकै रहेको अपांगता भएकाहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको ज्यान गएको छ । अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य ४५ जना घाइते भएको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिममा रहेको अपांगता भएका व्यक्तिको आवासीय रेखदेख केन्द्रमा प्रवेश गरेर चक्कुले आक्रमण गर्ने २६ वर्षका सातोशी उएमाट्सुलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । उनी रेखदेख केन्द्रका पूर्व कर्मचारी रहेको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नेपाली समय अनुसार सोमबार राति सवा ११ बजे यो घटना भएको हो ।

 उएमाट्सुले रेखदेश कन्द्र नजिकै रहेको प्रहरी चौकीमा गएर आफूले आक्रमण गरेको भन्दै अपराध कबुल गरेको जनाइएको छ । आक्रमण के कारणले गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment