काठमाडौँ, साउन ४: बलिउड नायिक करिना कपुर गर्भवती भएको खबर भारतीय सञ्चारमाध्यममा खुबै चर्चा छ । केहि दिनअघि करिना मुम्बई एयरपोर्टमा नजर आइन् । त्यस समय उनी पती सैफ अली खानको साथमा थिईन् ।
लगातार गर्भवती भएको खबर आउनाले उनी हैरान भएकी छन् । एक अन्तर्वार्ताको क्रममा उनी रिसाईन् ।
जब पत्रकारले करिनालाई सोधे,‘तपाइले चलचित्रबाट केही समयका लागि बिदा लिएर किन आराम गरिरहनु भएको छैन ?
प्रश्न सुन्नसाथ उनी रिसाईन् र भनिन्,‘म गर्भवती भएकी हुँ, मरेकी हैन ।’
करिनाले प्रश्न गरिन्,‘यसका लागि किन छुट्टी लिनुपर्यो ?
सन्तान जन्माउनु यो धर्तीका लागि सामान्य कुरा हो ।’ मिडियाले यसलाई उचालेको छ ।’ उनले भनिन् ।
‘म गर्भवती भएर मेरो काममा कुनै असर परेको छैन तर मिडियामा आउने समाचारले मेरो कामलाई असर गरेको छ ।’ उनले भनिन् । ‘म पहिले जस्तो थिए अहिले पनि उस्तै छु ।’
Monday, July 25, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment