काठमाडौं, असार १ । नेपालमा सबैभन्दा बढी उमेरका विद्यार्थी दुर्गा कामीका बारेमा चर्चित समाचार एजेन्सी विविसीले विशेष आलेख प्रकाशित गरेको छ ।
तस्वीरहरुसहित विविसीले दुर्गा कामीका बारेमा यसरी उल्लेख गरेको छ ।
६८ वर्षीय दुर्गा कामी नेपालमा निकै चर्चित छन् । त्यसो त उनी सबैभन्दा बढी उमेरका विद्यार्थी हुन । उनी हजुरबुवा बनिसकेका छन तर यो उमेरमा पनि उनले स्कूल गएर आफ्नो पढाई पुरा गर्ने निर्णय गरे ।
1
गरिबीका कारण दुर्गाले बाल्यकालमा आफ्नो पढाई पुरा गर्न सकेनन् । तर अब भने उनी शिक्षक बन्ने आफ्नो लक्ष्य पुरा गर्न चाहन्छन् ।
लट्ठी टेक्दै उनी एक घण्टा पैदल हिँडेर स्कूल पुग्ने गर्छन ।
3
अहिले उनी दश कक्षामा पुगेका छन् । उनी १४, १५ वर्ष उमेरका छात्रछात्रासँगै बसेर पढाई गर्दछन् ।
६ छोराछोरीका बुवा र ८ बच्चाका हजुरबुवा दुर्गा कामीलाई पढाउने शिक्षक भन्छन्– “मेरो बुवाको उमेरका व्यक्तिलाई पढाएको यो मेरो पहिलो अनुभव हो ।”
7
दुर्गा कामीसँग पढ्नेहरु उनलाई ‘बा’ भन्छन् ।
4
समाचार एजेन्सी रोयटर्सका फोटो पत्रकारलाई दुर्गा कामीले भने, “आफ्ना दुख बिर्सिन स्कूल जाने गर्छु ।”
श्रीमतीको मृत्युपछिको एक्लोपनाबाट जोगिन स्कूल जाने गरेको उनले बताए ।
उमेरले बुढो भएपनि उनी भलिबलदेखि स्कूलका सबै क्रियाकलापमा भाग लिन्छन् ।
6
“म आफ्नो जीवनको अन्तिम समयसम्म पढ्न चाहन्छु” उनी भन्छन् “यसबाट उमेरको अवरोध छल्दै पढ्न अरुलाई पनि प्रेरणा मिल्ने छ” उनको भनाई छ ।
5
बीबीसी हिन्दीबाट
Wednesday, June 15, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment