भारतको ओडिशा सरकारले १० चिनीया नागरिकलाई भारत छोड्न नोटिस जारी गरेको छ । अडानी समुहको एक कम्पनीको लागि काम गरिरहेका १० नागरिकलाई १७ जुनसम्म भारत छोड्न भनिएको छ । यी मध्ये २ चिनीया नागरिक सम्पर्कमा छैनन् ।
ओडिशाका गृह सचिवका अनुसार नोटिस केन्द्र सरकारको निर्देशनमा पठाइएको हो ।
उनीहरुले काम गर्ने कम्पनीबाट १५ किलोमिटर टाढा व्हीलर आइल्याण्ड अर्थात एपीजे अब्दुल कलामको टापु छ जहाँ भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान छ ।
यही टापुमा आकाश, अग्नि,धनुष र पृथ्वी जस्ता मिसाइलको प्रक्षेपण गरिन्छ ।
सरकारका अनुसार कुल १९ चिनीया नागरिक अगाडी गु्रपको धर्मा पोर्ट कम्पनीको बिस्तारीकरण परियोननामा काम गर्न भारत आएका थिए ।
यीनीहरु सबै व्यवसायिक भिषामा आएका थिए तर उनीहरु कामको भिषामा हुनुपर्ने थियो ।
गृह सचिव असित त्रिपाठीले बताएअनुसार चिनीया नागरिकलाई भारत छोड्ने नोटिस भद्रकका प्रहरी अधिकारि मार्फत पठाइएको थियो । जसले समयमै उनीहरुलाई पठाउन सजिला हुुनेछ । हराइरहेका २ चिनीया नागरिकको खोजी भइरहेको छ ।everestdainik bata
Wednesday, June 15, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment