२२ जेठ, काठमाडौं । एक भारतीय आमाले एकआसपमा जोडिएको जुम्ल्याह बच्चा जन्माएकी छन् । बच्चाको हात अलग अलग छ तर, खुट्टा भने एक जोडी मात्र छ । दुबैको कम्मरमा जोडिएको छ ।
बच्चा एउटा छोरी भएको प्रष्ट छ भने अर्कोको लिंग खुलेको छैन ।
छोरा भएको अनुमान गरिएको छ ।
२४ वर्षकी शिवराजो देवीले बिहारको बक्सरस्थित एक निजी क्लिनिकमा बुधबार बच्चा जन्माएकी हुन् । उनीहरुको स्वास्थ्यमा समस्या आएपछि शहरको शरल अस्पतालमा लगिएको छ र, अहिले उपचार जारी छ ।
डा. राजकुमार गुप्ताले भने, उनीहरुको कम्मरबाट जोडिएका छन् । एकको लिंग महिला भएको देखिन्छ ।’ अर्कोको लिंग खुलेको छैन ।
तर, उनी छोरा भएको चिकित्सकहरुको अनुमान छ ।
सामान्यतया जुम्ल्याह एउटै लिंगका हुन्छन् । तर, यो केसमा भने महिला र पुरुष भएको अनुमान छ ।
अहिले बच्चाको अवस्था स्थित छ । र, चिकित्सकहरुले उनीहरुलाई ठूलो अस्पतालमा लैजान भनेका छन् । र, उपचार खर्च महंगो हुनेछ । तर, उनको आमाबुबा भने यो खर्च व्यहोर्न सक्ने अवस्थामा छैनन् ।
उनीहरुले गर्भवगी भएको बेला अल्ट्रासाउण्ड गरिएको तर, जुम्ल्याहाको शरीर जोडिएको पूर्व जानकारी नभएको बताए ।
यो दम्पतीको चार वर्षको छोरा र २ वर्षकी छोरी छ । जम्ल्याहका बुबा छोटा सिंह एक फ्याक्ट्रीमा काम गर्छन् र, उनको मासिक कमाई ६० पाउण्ड छ ।
उनले आफूहरुको खुसी क्षणभरमा निराशामा परिणत भएको बताए ।
Saturday, June 4, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment