300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 4, 2016

Tagged under:

नौ वर्षीया बालिका सुताउने छन्त्याललाई पाँच वर्षको सजाय

गुल्मी, २२ जेठ । नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार उक्त सजाय तोकेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विरही मौर्यले जानकारी दिनुभएको छ ।

 आरोपित छन्त्यालले २०७२ वैशाख ३० गते बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले छन्याललाई जेठ २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि छन्त्याल पुर्पक्षको लागि जिल्ला कारागार गुल्मीमा चलान भएका थिए । अदालतले उनलाई पाँच वर्षका लागि जेल सजाय गरेकोे हो । रासस

0 comments:

Post a Comment