300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, July 25, 2016

Tagged under:

संसारका यस्ता मृत्यु जुन पत्याउनै गाह्रो छ

मृत्यु आखिर सत्य छ । यसबाट कोही पनि बच्न सकेको छैन । मृत्यु कुनै पनि ठाउँमा कुनै पनि समयमा तपाईंसँग आइपुग्न सक्छ । विश्वास लागेको छैन ? त्यसो हो भने कस्तो अचम्म प्रकारले मृत्युले मानिससँग भेट गरेको छ, त्यसबारे हामी बताउँदैछौं । न्यूयोर्कको वेटरटाउन शहरकी मेयर मोनिका आफ्नो शहरको ढलको ट्याङ्की जाँच गर्न गएकी थिइन् । त्यतिबेलै उनको खुट्टा चिप्लिएर उनी १५ फुट गहिरो ढलमा खसिन् जहाँ उनको मृत्यु भयो । श्याम देशकी महारानी (अब थाइल्याण्ड) सुनन्दा कुमारीरत्नाको मृत्यु समुन्द्रमा डुब्नाका कारण भयो । उनीमाथि लगाइएको बन्देजले उनको ज्यान लिएको हो ।

 वास्तवमा उनलाई साधारण मानिसहरुलाई छुने अनुमती थिएन । अब कसैले महारानीको ज्यान बचाएर आफ्नै ज्यान गुमाउन को राजी होला ? फगिल्यू मुखामेत्ज्यानोव नामकी रुसी महिलाको जब आँखा खुल्यो तब उनले आफैंलाई एक कफिनमा बन्द पाइन् । उनलाई गल्तीपूर्वक मृत घोषित गरिएको थियो । तर जब आफूलाई मृत घोषणा गरिसकेको भन्ने उनलाई थाहा भयो, जिउँदो हुँदा हुँदै पनि उनको तुरुन्त मृत्यु भयो । ह्यास स्टेनिंगरको संसारको सबैभन्दा लामो दाह्री थियो । तर सन् १५६७ मा आफ्नै दाह्री काट्ने क्रममा मृत्यु भएको थियो । उनी बसेको ठाउँमा आगो लागेका कारण उनको दाह्री काट्दै गर्दा मृत्यु भएको हो ।

 बासिल ब्राउन फिटनेस प्रेमी थिए । उनी हरेक दिन एक ग्यालिन गाजरको जुस पिउने गर्दथे तर त्यही गाजरको जुसले उनको ज्यान लियो । क्राइसिप्पस अफ सेली एक ग्रीक फिलोसोफर थिए । तर उनको मृत्यु हाँस्दा हाँस्दै भयो । वास्तवमा उनले एक गधाले अफिम खाइरहेको देखे र उनी त्यतिबेलासम्म हाँसे कि उनको ज्यान नै गयो । मोन्ट्रियलमा बस्ने मारिया प्याजोलाउलोज नामकी नयाँ दुलहीको नदीमा डुबेर मृत्यु भयो । उनको मृत्यु त्यतिबेला भयो जब उनी आफ्नो विवाहको फोटोसुट गरिरहेकी थिइन् ।

 ब्रायन जे पेरीको मृत्यु त्यतिबेला भयो जब उनी गन सेफ्टी क्लासमा थिए । क्लासमा सिक्ने क्रममा गोली चल्यो र उनको मृत्यु भयो । सन् १९५८ मा अभिनेता गेरेथ जोन्स अभिनय गरिरहेका थिए । उनको क्यारेक्टरले अभिनयको क्रममा स्टेजमा हृदयघातको नाटक गर्नुपर्दथ्यो । जब उक्त दृश्य आयो तब उनलाई वास्तविक रुपमा नै हृदयघात भयो । मानिसहरुलाई लाग्यो कि उनी अभिनय गरिरहेका छन्, तर हेर्दा हेर्दै उनी संसारबाट बिदा भए ।

0 comments:

Post a Comment