300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, July 25, 2016

Tagged under:

सामाजिक सञ्जालमा केपी ओली !

यादव देवकोटा, केपी शर्मा ओलीको वर्हिगमन । यस्ले राजनीति राग मात्र ओकलेन । कपितय नेपालीहरु पार्टीवादबाट वाहिर निस्किएर भएपनि दुःखमनाउ गरेर र गरिरहेका छन् । सामाजिक सञ्जालहरुमा देखिएको ओलीप्रेमले उनले छोटो समयमा कमाएको ख्यातिलाई जोडेर हेर्न थालिएको छ । मुर्छनामा परेका सपनाहरुलाई व्युँताएको हुँ । देश विकासका लागि सपना देख्न पाइन्छ । केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दा बोलेका शब्द हुन यी । हुन पनि उनको सपना पूरा हुन्थ्यो या हुन्थेन तर उनका सपनाहरुले धेरैलाई छोएको रहेछ भन्ने सामाजिक सञ्जालहरुमा कोरिएका अभिव्यक्तिहरुले प्रष्ट पारेका छन् । समालोचक, बुद्धिजीवी, कलाकार , पत्रकार मात्र नभई बिभिन्न दलहरुमा आवद्ध कार्यकर्ताहरुले पनि ओलीको वर्हिगमनलाई असहज मानेर दुखमनाउको टिप्पणी गरे । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै गर्दा देखि नै ओलीको समर्थनमा सामाजिक सञ्जाल ट्वीटरमा ‘आइएमविथ केपीओली’ह्यास ट्याग नेपालको ट्रेन्डिङ लिस्टमा पहिलो नम्बरमा नै आयो । त्यस्तै युट्युवमा पनि ओलीको समर्थनमा भिडियो पोष्टहरुको बाढी नै लाग्यो । युट्युवमा आएको यो पोष्ट सम्भवत सर्वाधिक चर्चामा आयो । भारतनिर्भर अर्थराजनीतिलाई स्वतन्त्रबनाउने कुरा सुन्दा बेहोश हुन्छन् ती, एउटा गरिब ठूलो रकम चिठ्ठा जित्दा बेहोस भएझैं ।’ सबैको मन छोएको यो मर्मस्पर्शी पोष्ट …. यस्तै संविधानविद् एवं कुटनीतिज्ञ निलाम्बर आचार्यको शब्दमा: केपी ओली , एक स्वाभिमानी प्रधानमंत्री, जो नौ महिनाको कठीन अल्पकालमै दीर्घकालीन छाप छाड्न सफल भए ।

0 comments:

Post a Comment