मोरङ, जेठ ३ । नवयुग श्रेष्ठको दुई गोलको मद्दतमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ मदन भण्डारी स्मृति गोल्डकपको उपाधि जितेको छ । उर्लाबारीमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको टोलीलाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
आर्मीका जितमा २९ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर ४१ औँ मिनेटमा आयोजकका तर्फबाट सन्तोष न्यौपानेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ६२ औँ मिनेटमा पुनः श्रेष्ठले नै अर्को एक गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भए ।
उपाधिसँगै आर्मीले रु दुई लाख दुई हजार तथा उपविजेतामा सीमित आयोजकले एक लाख एक हजारसहित ट्रफी र पदक प्राप्त गरेको छ । जननेता मदन भण्डारीका स्मृतिमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले गत वैशाख २७ गतेदेखि आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।
Monday, May 16, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment