300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 6, 2016

Tagged under:

के आँखा पनि अल्छी हुनसक्छ ?

नेपालमा २०४६ सालको जनआन्दोलनपश्चात स्वास्थ्य क्षेत्रको विकासमा पनि उल्लेख्य प्रगति भएको पाइन्छ । हालैका केही वर्षहरुमा स्वास्थ्य प्रदायक संस्था तथा मेडिकल कलेजको संख्यात्मक वृद्धिले स्वास्थ्य क्षेत्रका विभिन्न विधामा दक्ष जनशक्तिको संख्यात्मक तथा गुणात्मक वृद्धि उत्साहजनक अवस्थामा छ । तर पनि नेपाली समाजमा व्याप्त गरीबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा मानव स्वास्थ्यसम्बन्धी जनचेतनाको विकास यथोचित मात्रामा हुन सकिरहेको छैन । यसैगरी आँखा स्वास्थ्यसम्बन्धी जनचेतनाको पनि कमी नै छ । यसै परिप्रेक्षमा आज हामी ‘अल्छी आँखा’का विषयमा चर्चा गर्न गइरहेका छौं ।

आँखा पनि अल्छी हुन्छ भन्ने कुरा सुन्दा हामीमध्ये धेरै जनालाई अचम्म लाग्न सक्छ । मान्छे पो अल्छी हुन्छ, आँखा पनि कहिं अल्छी हुन्छ र ? हो आँखा पनि अल्छी हुन्छ । अल्छी आँखालाई चिकित्सा विज्ञानको भाषामा एम्बलोपिया भन्ने गरिन्छ । हाम्रो बोलीचालीको भाषामा अल्छी आँखालाई लेजी आई भनिन्छ । सामान्य रुपले बाहिरबाट हेर्दा अल्छी आँखा स्वस्थ आँखा झै देखिन्छ ।

र यसको दृष्टि क्षमता सामान्य आँखा भन्दा कमजोर हुन्छ । अल्छी आँखा भएको व्यक्तिले मधुरो देख्छ । उनीहरूमा कहिलेकाहि डेढोपन पनि हुनसक्छ । सामान्यतयाः दृष्टि दोष भएको आँखाले चश्मा प्रयोग गरेपछि सामान्य व्यक्तिले भैmं स्पष्ट देख्नसक्छ । तर, अल्छी आँखा भएको व्यक्तिले चश्माको प्रयोग गर्नासाथ सामान्यले झैं देख्न सक्दैन । तसर्थ, अल्छी आँखाको पहिचान र उपचार कलिलो उमेरमा नै हुनु अत्यन्त जरुरी छ । त्यसैले बालबालिकाको सामान्य आँखा जाँच स्कूल भर्ना गर्नु अगावै गर्नु वेश हुन्छ ।

0 comments:

Post a Comment