अमेरिकी वैज्ञानिकहरुले सुंगुरको शरीरभित्र मानव अंगको विकास गरिरहेको बताएका छन् । मानिस र सुंगुरको भ्रुण मिसाएर काल्पनिक जीव (चिमरा) उत्पन्न गर्न उनीहरुले मानिसको मूल कोषिकालाई सुंगुरको भ्रुणभित्र राखेका छन् । प्रत्यारोपण अंगको विश्वव्यापी अभावलाई सम्बोधन गर्ने प्रहल स्वरुप वैज्ञानिकहरुले सुगुरभित्र मानव अंग विकास गरेका हुन् ।
युनिर्भसिटी अफ क्यालिफोर्नियाका डेभिसले मानव कोष प्रत्यारोपण गरिएका सुंगुरलाई सामान्य सुंगुर सरह हेरिनुपर्ने बताए ।
मानव –सुगुर काल्पनिक भ्रुणलाई सुंगुरको गर्भ अन्त्य हुनुअघि बिजारोपण गर्न २८ दिन अनुमति दिइएको छ । विश्लेषणका लागि सुंगुरको तन्तु हटाइदैछ ।
काल्पनिक भ्रुण सिर्जना गर्न दुई चरण लाग्ने बताइएको छ । उर्वर बनाएको सुंगुरको नयाँ भ्रूणको डीएनए हटाउन ‘क्रिप्सर जीन काटछाँट बिधि’ लागू गरिनेछ ।
मानव मूल कोषिकाले सुंगुरको भ्रुणभित्र वंशानुगत फाइदा लिन सक्ने र भ्रुणले मानव पाचन ग्रन्थी विकास गर्ने डेभिसको विश्वास छ ।
प्रजनन् सम्बन्धित विज्ञ तथा अध्ययन समूहका सदस्य पाब्लो रोस भन्छन, ‘यो सुंगुरको भ्रुण सामान्य ढंगले विकास हुने हाम्रो विश्वास छ ।
तर पाचनग्रन्थीलाई भने पूर्ण रुपमा मानव ग्रन्थीबाट निर्माण गरिनेछ र प्रत्यारोपणका लागि योग्य बिरामीलाई प्रत्यारोपण गरिनेछ । ’
तर यो कार्य आफैंमा विवादास्पद मानिएको छ । गत वर्ष अमेरिकाको मेडिकल अनुसन्धान निकाय नेसनल इन्स्टिच्युट अफ हेल्थले यस्तो प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । मानव कोष सुंगुरको दिमागमा पुग्ने र यसले केही हदसम्म बढी मानव बनाउने चासो व्यक्त गरिएको थियो । तर पाब्लो भने यस विषयलाई स्वीकार गर्दैनन् । भन्छन्, ‘वंगुरमा मानव दिमाग विकास हुने ज्यादै न्यून सम्भावना छ । यस विषयमा हामीले थप अनुसन्धान गरिरहेका छौ ।’बीबीसी– bata
Monday, June 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment