300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

१० महिना निर्देशकको कब्जामा जेरी हिरोईन आना शर्मा !

जेरी फिल्मबाट रजतपटमा डेब्यू गरेकी अभिनेत्री आना शर्मा लामो समयपछि फिल्म खेल्न तयार भईन् । डेब्यू फिल्म बनाएकै निर्देशकको नयाँ प्रोजेक्ट 'ग्याङ्गस्टार ब्लुज'मा आना लिड रोलमा हुनेछिन् ।

 करिब ७-८ महिनापछि मात्रै फ्लोरमा जाने भनिएको यो फिल्ममा अनुबन्धन भएसँगै अबको करिब १० महिना आनाले अन्य प्रोजेक्ट जोईण्ड गर्न पाउनेछैनन् । फिल्म घोषणा कार्यक्रममा कलाकार सार्वजनिक गर्दै निर्देशक हेमराज बिसीले भने, 'लिड कलाकार आना शर्मा र आशिरमान देशराज यो प्रोजेक्ट नसकिँदासम्म अन्त कतै अनुबन्धन् हुने छैनन्,

हामीसँगै मात्र हुनेछन्, हामीबीच यस्तै सम्झौता भएको छ।' आशिरमान देशराजलाई पनि एक संभावना बोकेकाो अनुहारको रुपमा लिईँदै गर्दा पहिलो प्रोजेक्टको नतिजापछि मात्रै अन्य फिल्मको लागी पाईला चलाउँदा पक्कै फाईदा पुग्नेछ, आनाले त राम्रो स्कप्ट मिल्दा अनि टिम मिल्दा बर्षमा १ मात्र फिल्म गर्नसक्ने बोलिसकेकी छिन् ।


 यो हुँदै गर्दा अबको करिब १ बर्ष आना र आशिरमान निर्देशकको कब्जामा हुनेछन् । निर्देशक बिसीले करिब ५ महिना वर्कसपमा जाने र त्यसपश्चात कलाकारहरुलाई अभिनयमा निखारता ल्याएर मात्रै फिल्मलाई फ्लोरमा लैजाने बताए । यो फिल्ममा सरोज न्यौपानेले निर्माण लगानी गर्दैछन् ।

0 comments:

Post a Comment