300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

कसरी हुन सकिन्छ त एक दिनमा सुन्दर र स्मार्ट

जेठ ७, काठमाडौं । सुन्दर देखिन कसलाई मन पर्दैन र ? सुन्दर हुने चाहनामा तपाईंहरु ब्युटी पार्लरहरु चहार्दैमा थाक्नुभयो होला हैन ? पख्नुस्, सुन्दर बनाउँने तरिका तपाईंको आफ्नै घरमा छ । मात्र त्यसलाई थाहा पाउनुमात्र पर्छ । एकै दिनमा सुन्दर देखिने यी उपाय एकपटक प्रयोग गरिहाल्नुस् त –

 १. चाउरी हटाउन : एक चम्चा महमा कागतीको केही थोपा रस मिलाएर अनुहारमा लगाउनाले चाउरीको समस्या देखिँदैंन ।

 २. अनुहार चम्किलो राख्न : एक चम्चा गुलाबजल र एक चम्चा दूधको मिश्रणमा दुई या तीन थोपा कागतीको रस मिसाएर अनुहारमा लगाउनाले छाला कोमल हुन्छ र चम्किलो पनि देखिन्छ ।

 ३. मृत छाला हटाउँछ : गोलभेडाको टुक्रालाई अनुहारमा लगाएर हल्का रुपमा मसाज गर्नाले अनुहारको फोहोर सफा हुन्छ । यसबाट छालाको मृत कोषिका र धूलोमैलो हटाएर बन्द भएका रोमछिद्र खुलाउँछ ।

 ४. तैलीय छालाबाट छुट्कारा : एक चम्चा कागतीको रसमा एक चम्चा गुलाबजल र पिँधेको पुदिना मिसाएर एक घण्टा राख्नुहोस् । त्यसपछि अनुहारमा लगाएर २० मिनेटपछि धुनुहोस् । यसबाट अनुहारको चिपचिप पनि हट्छ ।

 ५. निखारता ल्याउँन : छालामा निखारता ल्याउँनाले थोरै चोकरमा एक चम्चा सुन्तलाको रस, एक चम्चा मह वा गुलाबजल मिसाएर पेष्ट बनाउनुहोस् । यो पेष्टमा अनुहार र गर्धनमा लगाउँनुहोस् । सुकेपछि धुनुहोस् ।


0 comments:

Post a Comment