300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 30, 2016

Tagged under:

आईपीएल क्रिकेटको बाजीमा श्रीमती नै हारेपछि…

एजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आईपीएल) आइतबार सम्पन्न भएको छ । यो प्रतियोगिता सकिएसँगै भारतबाट एउटा अनौठो खबर आएको छ । एक महिनासम्म चलेको प्रतियोगिताभरका विभिन्न खेलमा बाजी राख्दै एक पुरुषले सबै सम्पत्ति सकिएपछि अन्तिममा आफ्नै श्रीमतीलाई नै बाजी थापेको खबर सार्वजनिक भएको हो ।

घटना हो भारतको कानपुरको । जो नेपालसँगै सीमा जोडिएको उत्तर प्रदेश राज्यमा पर्छ । त्यहाँको गोविन्द नगरका रबिन्दर सिंह नामका एक पुरुषले आइपीएल क्रिकेटमा श्रीमतीलाई बाजी थापेको र बाजीमा श्रीमतीलाई हारेपछि अरुलाई सुम्पिएका छन् । शेयर बजारमा कारोवार गर्ने रबिन्दरले बाजीमा आफ्नौ सबै सम्पत्ति गुमाएपछि श्रीमती जस्मित कौरलाई बाजी राखेका हुन् ।

बाजी जित्नेहरुले रबिन्दरकी श्रीमती जस्मितलाई दुर्व्यवहार गरेपछि यो घटना बाहिर आएको हो । आफूमाथि दुर्व्यवहार हुन थालेपछि जस्मितले स्थानीय गैरसरकारी संघ संस्थाको सहयोग र परामर्शमा प्रहरीमा उजुरी गरेकी थिइन् । बाजी थाप्ने श्रीमान रबिन्दर फरार रहेको र उनको खोजी भइरहेको कानपुरको प्रहरीले जनाएको छ । रबिन्दर र जस्मितबीच ५ वर्षअघि विवाह भएको थियो । आइपीएल क्रिकेटअन्तर्गत उनले कुन-कुन टिमको पक्षमा बाजी राखेका थिए भन्ने खुलाइएको छैन् । (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

0 comments:

Post a Comment