300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 29, 2016

Tagged under:

पत्रकारहरुले कान्तिपुरलाई गरे बाइबाइ !


काठमाडौं-कान्तिपुर मिडिया ग्रुय आफूलाई निष्पक्ष र व्यवसायिक मिडिया हाउसको रुपमा चिनाउन रुचाउँछ । तर, यही ग्रुपबाट संचालित कान्तिपुर टेलिभिजनका समाचार प्रमुखले मिडिया हाउसको यस्तो रुची र पत्रकारिताको आम मूल्य र मान्यताको हुर्मत लिँदै हदैसम्मको निकृष्ट अराजनीतिक हर्कत देखाउँदा टेलिभिजनमा लामो समयदेखि कार्यरत कैयन गोग्यतम् पुराना पत्रकारहरु जागिर छोडेर बाटो लाग्न बाध्य भएका छन् भने बाँकी बसेका केही पत्रकाहरु पनि छिट्टै कान्तिपुरलाई ‘बाईबाई’ गरे बाटो तताउने मूडमा पुगेका छन् ।

लामो समयदेखि टेलिभिजनमा विभिन्न बिटमा रहेर काम गर्दै आइरहेका दख्खल पत्रकारहरुलाई समाचार प्रमुख दिलभूषण पाठकले विचारकै आधारमा विभेद गर्न थालेपछि कान्तिपुर टेलिभिजनमा विस्तारै कांग्रेसी पत्रकारहरुको बज्ने भाँडोमा परिणत हुँदै गएको चर्चा पत्रकारहरुबीच चल्न थालेको छ ।

आफूलाई खुलेआम रुपमा कांग्रेसी भन्न रुचाउने समाचार प्रमुख दिलभूषणकै कारण उनी आउनुअघि सम्म नम्बर १ मा रहेको टेलिभिजन खस्केर तल पुगिसके पनि यसतर्फ व्यवस्थापनको चासो नपुगेको भन्दै टेलिभिजनमा बाँकी बसेका पत्रकारहरु असन्तुष्ट बनेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment