300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 15, 2016

Tagged under:

राष्ट्रपति विद्या भण्डारी ले कसलाई गरे सौतेनी सौतेनी ब्यवहार ?

काठमाडौं—२३ वर्षअघि आजैको दिन एमालेजनमात्र होइन्, मुलुककै असल राजनीतिक अगुवा तत्कालीन एमालेका महासचिव मदन भण्डारी र जीवनराज आश्रित दासढुंगामा दुर्घटना परे । त्यसले राष्ट्रलाई नै अपुरणीय क्षति हुन पुग्यो । त्यसपछि लामो समय देशमा विभिन्न राजनीतिक उपथपुथलहरु भए । एमालेले पटक—पटक सत्ता चलायो, माओवादी नेतृत्वमा १० वर्ष लामो गृहयुद्ध भयो । राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधान निर्माण भयो ।

 मदन—आश्रितको निधन भएको २३ वर्षपछि मुलुकको संवैधानिक प्रमुखमा उनकी पत्नी विद्या भण्डारी पुगेकी छिन् । कार्यकारी प्रमुखका रुपमा पनि उनकै पार्टीका नेता खडगप्रसाद ओली वालुवाटारबाट मुलुक हाँकिरहेका छन् । एमाले नेतृ विद्या भण्डारी राष्ट्रपति बनेपछि पार्टीभित्र र बाहिर उनलाई प्रभावशाली महिलाका रुपमा हेरिन थालिएको छ ।

 कतिपयले भनेका छन–यो विद्याको लामो सक्रिय राजनीतिक जीवनको सफलता हो । तर, केही यसलाई मान्न तयार छैनन् । उनीहरुको मत छ–मदन भण्डारी लोकप्रियताको राजनीतिक बलमा विद्याको शितलनिवाससम्मको यात्रा सम्भव भएको हो । आखिर, राजनीतिक रुपमा विद्या उति सारो तीक्ष्ण र प्रभावशाली नेतृ पनि होइनन् । उनको राजनीतिक इतिहास हेर्दा नै त्यो देखिन्छ । किनभने, उनले २०५० सालभन्दा पहिले संसदीय राजनीतिमा समेत पाइला टेकेकी थिइनन् । सन्दर्भ ः मदन अाश्रित स्मृति दिवस यहाँनेर २०३५ सालको सेरोफेरोमा वाम राजनीतिमा सक्रिय बनेकी विद्याको राजनीतिक संघर्षलाई अवमुल्यन गर्न खोजिएको भने पक्कै होइन ।

 तर, एमाले पार्टी राजनीतिमा विद्याको जति योगदान र सक्रियता छ त्यो भन्दा बढी छ, मदनको निधनको शोक, समवेदना र अरु ज्युँदाजाग्दा नेताहरुको हात । दासढुंगाको घटनाको २३ वर्षपछि त्यही दिन इतिहास पनि पुनर्ताजगी भयो । एकातिर विद्याको शितलनिवाससम्मको उपलब्धिको लेखाजोखा गरिदैंछ भने अर्कोतिर उनका राजनीतिक जीवनका महत्वपूर्ण कडी उनका पति स्वर्गीय मदन भण्डारीलाई पनि यही अवसरमा सम्झिइदैं छ । तर, स्व. जननेता भण्डारीसँगै जीवन गुमाउनो एक शालीन र प्रभावशाली युवा नेता भने उति चर्चामा छैनन् । मात्र हरेक वर्ष ३ जेठमा एमालेले सनातनी शैलीको कार्यक्रममा मदनसँगै जोडेर त्यो नाम पण्डितकै शैलीमा भट्याउँछ । तर, ती नेताको महत्व एमालेका लागि के त्यति मात्र छ ? कुशल संगठक र मदनको हाइट निर्माणका प्रमुख हस्ती हुन्, गुल्मीका चन्द्रकोटका जीवराज आश्रित । त्यो कसरी पनि प्रमाणित हुन्छ भने जेठ ३ को घटनामा पनि जननेता मदनसँगै दुर्घटनामा मारिए, उनी ।

 तर, मदनकी पत्नीले शितलनिवासमा राष्ट्राध्यक्षजस्तो ऐतिहासिक जिम्मेवारी सम्हालिरहँदा उनकै साथीको परिवार भने गुननाम छ । जसले अन्तिसम्म पनि मदनको साथ छाडेन । कतिसम्म भने जीवनको अन्तिम पलसम्म आफ्नै पतिसँग मारिएका एउटा सहयोद्धाकी पत्नीले अर्को सहयोद्धाकी पत्नीलाई बधाई पनि एउटा अनलाइनको सहारामा दिनुपर्ने बिडम्बना खडा भएको थियो । विद्या राष्ट्रपतिमा निर्वाचित भएपछि नेपालीपत्रले जीवराज पत्नी मायालाई सम्पर्क गर्दा उनले नवनिर्वाचित राष्ट्रपति विद्यालाई पहिलोपल्ट शुभकामना र बधाई दिएकी थिइन ।

तर, मदनकै तुलनामा एमालेमा योगदान गर्ने जीवराजकी श्रीमती विद्यालाई अंकमाल गर्दै बधाई दिन समेत उनी असमर्थ रहिन । कसरी आयो यो अवस्था ? जसको सांगठनिक प्रभाव र कुशलतामा एमाले मुलुककै पहिलो पार्टी बनिसकेको छ उनको परिवार र जीवनसंगीनीको कहीकतै चर्चा छैन् । कहाँ छ उनको परिवार ? किन चर्चा छैन एमाले राजनीतिमा ? कतिपय एमालेजनहरुको कथन छ–मदनको शोक विद्याको राजनीतिक शक्तिमा बन्यो तर जीवराजको निधनको शोक माया ज्ञवालीको शक्ति कहिल्यै बन्न सकेन ? आखिर किन भयो यस्तो ? मायाका कारण कि एमालेका कारण ? विद्या राष्ट्रपति बनिरहँदा धेरै एमालेजनमात्र होइन्, सर्वसाधारणमा पनि यही प्रश्न उठ्न थालेको छ । आखिर के गर्दैछ एमालेको ‘मेरुदण्ड’ बनाउने ती नेताको परिवार ? माया किन दह्रो बनेर उभिन सकिनन् एमालेको राजनीतिमा ? खासमा २०५४ सालमा एमाले विभाजन हुँदा माया ज्ञवाली वामदेव नेतृत्वको नेकपा मालेमा गएकी थिइन् । त्यही कारण पनि मायालाई एमालेका नेतृत्वले माया गरेन । अहिले पनि वामदेवको पछि लागेर मालेमा जानेहरु धेरैलाई एमालेभित्र ‘सौतेनी ब्यवहार’ गर्ने गरेको गुनासो सुनिन्छ । माया पनि त्यस्तै अनुभूति गरिरहेकी छिन् । भन्छिन्, ‘त्यतिबेलाको तुष सायद हाम्रो नेतृत्वसँग अहिलेसम्म पनि हुनसक्छ ।’ नत्र समानुपातिक सभासदको अन्तिम सूचीमा परेको उनको नाम काटिनुपर्ने के कारण थियो ? पार्टीले करोडौ पैसामा सभासद पद बाँडिरहेका बेला पार्टीका लागि जीवन उत्सर्ग गरेका योद्धाकी श्रीमतीको नाम किन काटियो ? यो कुरा एमालेभित्र बहसको विषय किन बनेन ? माया अचेल काठमाडौंको चावहिलस्थित डेरामा बस्दै आएकी छिन् । १५ वर्षदेखि एउटै घरमा बस्दै आएकी माया आफ्नो नियमित आयस्रोत केही नभएको बताउँछिन् ।

जीवराजका दुई सन्तानमध्ये एक छोरा पढ्नका लागि विदेश गएका छन्, अर्की छोरीको विहे भइसक्यो । भन्छिन्, ‘खासै काम केही हुँदैन । म त त्यसै यता उति हिँड्छु ।’ एमालेले कतिसम्म अन्याय गरेको छ भने उनलाई पार्टीको कुनै जिम्मेवारी पनि दिएको छैन । किनकी, मायालाई एमालेले सल्लाहकार कमिटीमा नियुक्ति गरिएको छ । जो आफैंमा अति निस्क्रिय राजनीतिक निकाय हो । एउटा नेताकी पत्नीको क्रियाशील राजनीतिको बाटो पनि यसले अवरोध गरिदिएको बताइन्छ । नियमित बैठक बस्न नसक्ने र निर्णय गर्न नसक्ने कमिटी सल्लाहकार कमिटीमा खासै भूमिकै देख्दिनन्, उनी । त्यसो त, विद्या भण्डारी राष्ट्रपति भएकोमा मायाले पनि खुसी ब्यक्ति गरिन्–एउटा सहयोद्धाका । उनले भनिन्, ‘यो मेरो र हामी सबैको गौरवको कुरा हो । म उहाँलाई सुभकामना दिन चाहन्छु ।’ तर, मायाले फोन गरेरै विद्यालाई बधाई भने दिएकी छैनन् रे । न त विद्याले नै फोन गरेर मायासँग खुशी साट्ने समय पाएकी छन् । एमालेको बेवास्ता एमालेले मायालाई दोस्रो संविधानसभामा समानुपातिक तर्फको उम्मेद्वार बनाइयो ।

 तर, पछि पार्टीले अन्तिम सूचीमा भने पारेन । पार्टीमा लगभग उत्तिकै योगदान गरेका दुई नेता मदन भण्डारी र जीवराज आश्रितका सन्तानलाई किन भेद्भाव गरियो भनेर धेरै पटक पार्टीमा आलोचना पनि भयो । त्यही आलोचनाको गुन्जायस फेरि उठेको छ । त्यो हो, मदन पत्नी विद्यालाई राष्ट्राध्यक्ष बनाउने एमाले जीवनराज पत्नीबारे किन बेखबर छ ? एमालेका धेरै नेताहरुलाई अहिले पनि थाहा छैन माया कहाँ बस्छिन् ? उनको जीवनशैली कस्तो छ भनेर । यसअघि माया एमालेकै भ्रातृ संगठन अखिल नेपाल महिला संघमा सक्रिय थिइन् । तर, अनेमसंघमा लामो समय विद्याको एकछत्र राज चल्यो माया छायाँमा परिन । सायद त्यही पार्टी लाइनकै कारण माया अनेमसंघबाट पनि अपहेलित भइन् । जुन एमालेले कहिल्यै बुझेन ।

0 comments:

Post a Comment