300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 15, 2016

Tagged under:

सोनाक्षीको स्वागतमा जर्नेल पठाउने सेनासँग रक्षा मन्त्रालयले माग्यो स्पष्टिकरण

काठमाडौं, २ जेठ ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा जर्नेल खटाउने नेपाली सेनासँग रक्षा मन्त्रालयले स्पष्टिकरण मागेको छ । सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा समाचार र महानायक राजेश हमालसम्मले जर्नेल पठाउने नेपाली सेनाको कदमको विरोध गरेपछि रक्षा मन्त्रालयले चिठ्ठी लेखेर सेनालाई त्यसबारे जवाफ मागेको हो ।

 रक्षा मन्त्रालयका सचिव महेश दाहालले सेनाको उक्त कदमप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै सेनासँग त्यसबारे के–के भएको हो जानकारी देउ भनेको बताए ।

 सैनिक श्रीमती संघले आयोजना गरेको अमरपक्षी नामका कन्सर्टका लागि काठमाडौं आएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई रिसिभ गर्न नेपाली सेनाका जर्नेल समीर थापासहितको टोली एयरपोर्ट पुगेको थियो ।

0 comments:

Post a Comment