इटहरीः कम्पनी किनबेचका क्रममा एनसेलले सरकारलाई राजस्व तिर्न अटेर गरेको भन्दै इटहरीका जागरुक युवाहरुले आफूले प्रयोग गरेका एनसेलका सीमकार्ड बुधबार कम्पनीलाई फिर्ता गरेका छन् ।
इटहरीको मुख्य चोकमा भेला भएर ‘एनसेल पे योर ट्याक्स, नो ट्याक्स नो एनसेल’ नारा लेखिएका प्ले कार्ड बोकेका युवाहरुले सेन्टरमा पुगेर कम्पनीका अधिकारीहरुलाई सीम फिर्ता गरेका हुन् ।
उक्त अभियानमा सहभागी प्रा.डा. टंकप्रसाद न्यौपानेले जिम्मेवार निकायले राजस्व नतिर्नु लज्जास्पद भएको बताए ।
राज्यका नागरिकले कुनै न कुनै तरिकाले राज्यलाई कर तिरेको भन्दै अर्बौँ नाफा भएको विदेशी कम्पनीले राज्यलाई कर नतिर्नु गैरजिम्मेवारीपनको नमूना भएको कार्यक्रमका सहभागीको भनाइ थियो ।
राज्य सञ्चालनमा रहेका जिम्मेवार व्यक्तिले कम्पनीलाई करको दायरामा ल्याउन नसक्नु विडम्वना रहेको उनीहरुले बताए ।
त्यस्तै अभियानमा सहभागी अर्र्का अभियानकर्मी हिरा आचार्यले एनसेलको सेवा राम्रो भए पनि राज्यप्रतिको दायित्वबाट भाग्न खोज्नु नियमसंगत नभएको बताए ।
उनीहरुले आफ्नो अभियानलाई जारी राख्ने भन्दै एनसेलले राज्यलाई कर नतिरेसम्म आफ्नो दबाबमुलक कार्यक्रम नरोकिने बताएका छन् ।
Wednesday, May 4, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment