300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

फुटबर विमल घर्तीमगरकी बहिनीको नवलपरासीमा विभत्स हत्या

काठमाडौं, १३ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो । नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले विमलकी बहिनी मनिषा मृत अवस्थामा फेला परेको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ । शवलाई पोस्टमार्टमका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल पठाइएको छ । 

छिमेकीका अनुसार आशिष चौधरी नामका युवक र अर्का एक युवक राति विमलको घर गएका थिए । त्यहाँ उनकी बहिनी मनिषासँग झगडा भएको थियो । त्यसपछि विहान मनिषा मृत फेला परिन । एसपी चौधरीका अनुसार मनिषाको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको छ भने कोठामा रगतका छिटा पनि भेटिएको छ । उनले यो घटना आत्महत्या हो कि हत्या पोस्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने बताए । बुधबार राति मनिषा घरमा एक्लै थिइन् । उनकी आमा बुटवल गएकी थिइन् । घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको र बलात्कार समेत गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । यद्यपी पोस्टमार्टम रिपोर्टपछि मात्रै बलात्कार भए नभएको भन्न सकिने प्रहरीको भनाई छ । १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । उनका दाजु विमल अहिले नेपालबाहिर छन् ।

0 comments:

Post a Comment