300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

परीक्षण अवधिबारे बुझेर मात्र मलेशिया रोजगारीमा

मलेशियाले विदेशी कामदारको तलब बढाएसँगै रोजगारीका लागि त्यहाँ जाने नेपाली कामदार बढेका छन् । पहिले पनि नेपालीलाई सुहाउँदो हावापानीका कारण अन्य मुलुकको तुलनामा मलेशिया रोजगारीमा जाने कामदार बढी थिए । मलेशिया सरकारले औपचारिक रूपमै तलब बढाएपछि यो क्रम हवात्तै बढेको छ । मलेशियाले विदेशी कामदारको तलब बढाएर मासिक ९ सय मलेशियन रिङ्गिट बनाएको छ । साथै, ६ महीनासम्म रोजगारदाताले कुनै पनि नयाँ कामदार राख्दा प्रशिक्षकका रूपमा राख्न पाउने व्यवस्था पनि गरेको छ । सो अवधिमा रोजगारदाताले कामदारले खाइपाई आएको मासिक तलबमा ३० प्रतिशत कट्टा गर्न पाउनेछ । तसर्थ, रोजगारीमा जाने कामदारले ६ महीनासम्म मासिक न्यूनतम तलब ६ सय ३० मलेशियन रिङ्गिटमात्र पाउनेछन् । सो तलबमा पनि रोजगारदाताले मासिक न्यूनतम १ सयदेखि १ सय ५४ रिङ्गिटसम्म सरकारी लेबी कट्टा गर्न पाउनेछ । 

मलेशिया सरकारले कामदारको मासिक तलब बढाएर ९ सय बनाए पनि यो कार्यान्वयनमा आउन ३ महीनादेखि ६ महीनासम्म लाग्ने वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई बताउँछन् । ‘यो समस्या नेपाली कामदारका लागि मात्र होइन, मलेशिया रोजगारीमा जाने सबै देशका कामदारलाई परेको छ,’ उनले भने, ‘नयाँ जाने कामदारभन्दा पनि पहिला नै त्यहाँ काम गरिरहेका बढी समस्या परेका छन् ।’ नेपाली म्यानपावर व्यवसायीले पनि पत्रपत्रिकामा मासिक न्यूनतम तलब ९ सय रिङ्गिट भन्दै भटाभट विज्ञापन गरेका छन् । त्यही आधारमा कामदार म्यानपावरसम्म पुग्छन् । व्यवसायीले विज्ञापनमा ६ महीनासम्म मासिक ६ सय ३० रिङ्गिट मात्र पाउने भनी कतै उल्लेख गरेको देखिँदैन । कामदार पनि मासिक तलब बढी पाइने आशामा बढी पैसा बुझाएर भए पनि रोजगारीमा जान तयार हुन्छन् । नेपालमा व्यवसायीलाई रोजगारीमा जाँदा बढी पैसा तिर्ने र मलेशियाका गएर भनेको जति तलब नपाउँदा कामदार मर्कामा पर्ने गरेका छन् । 

केही कामदारले नेपालमा म्यानपावर व्यवसायीले भनेजति तलब नपाएपछि कार्यस्थलमै आन्दोलन गर्न थालेका छन् । मलेशियाको रोजगारीमा जाँदा कुन कम्पनीमा जानेबित्तिकै सरकारले लागू गरेको न्यू्नतम तलब पाइन्छ, कुनमा ६ महीनासम्म कुर्नुपर्ने हो, राम्रोसँग बुझ्नु पर्छ । यथार्थ नबुझी हचुवाको भरमा रोजगारीमा जाँदा भनेजति तलब नपाई दुःख पाइन्छ भन्ने सम्बन्धित पक्षले बुझ्नु जरुरी छ । केही म्यानपावर कम्पनीले परीक्षण अवधिबारे कामदारलाई बुझाएर पठाउने गरेका पनि छन् । तर, कतिपय कम्पनीले भने कामदारसँग बढी पैसा लिने लोभमा परीक्षण अवधिबारे नबुझाई पठाउने गरेका छन् । यदि म्यानपावर व्यवसायीले परीक्षण अवधिबारे जानकारी नदिएमा वैदेशिक रोजगार विभागमा गएर पनि बुझ्नु सकिन्छ । व्यवसायीले विभागबाट पूर्व तथा अन्तिम स्वीकृति लिँदा परीक्षण अवधिबारे यथार्थ जानकारी बुझाएका हुन्छन् । व्यवसायीले ढाटे पनि विभागबाट सही जानकारी पाउन सकिन्छ । विभागले व्यवसायीलाई यही हप्तामात्र कामदार मागपत्रको सूचना प्रकाशित गर्दा परीक्षण अवधि पनि राख्न निर्देशन दिएको छ ।

 कामदारहरू झुक्किने क्रम बढेपछि परीक्षण अवधिसमेत प्रकाशित गर्न निर्देशन दिइएको विभागले बताएको छ । रोजगारीमा जानुपूर्व कुन कम्पनीमा कति समय परीक्षण अवधि रहेको छ सोबारे पनि विस्तृत जानकारी लिनुपर्छ । पछिल्लो समय मलेशिया सरकारकै कारण बढी समस्या उत्पन्न भएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव कमल तामाङ बताउँछन् । ‘मलेशियाले दिनैपिच्छे नियम परिवर्तन गरिरहेको छ,’ उनले भने, ‘रोजगारीमा जाने कामदारलाई नेपालबाट एकथरी जानकारी दिएर पठायो, सम्बन्धित कम्पनीमा पुग्दा सो नियम नै परिवर्तन भइसकेको हुन्छ ।’ मलेशिया सरकारकोदोधारे नीतिका कारण कामदार समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

 शुरूमा मलेशिया सरकारले विदेशी कामदारको तलब मात्र बढाउने निर्णय गरेको थियो । त्यसको झण्डै १ महीनापछि सम्बन्धित कामदारसँग रोजगारदाताले सरकारी लेबी पनि लिन पाउने व्यवस्था ग¥यो । पछिल्लो समय बस्ने भाडा, पानी, बिजुलीको शुल्क पनि लिन लागेको तामाङले बताए । तामाङका अनुसार यदि रोजगारदाताले कामदारसँग बसेको भाडा, पानी तथा बिजुलीको शुल्क पनि लिएमा मलेशियाको रोजगारीमा जाने कामदार समस्यामा पर्नेछन् ।

0 comments:

Post a Comment