300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

साउदीमा नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु

काठमाडौं, १ जेठ । साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ । ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो । दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको आफन्त सन्तोष राईले बताए ।

 केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ । गत वर्ष साउदी अरब पुगेका उनको मृत्युको कारण खुल्न सकेको छैन ।

0 comments:

Post a Comment