300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 18, 2016

Tagged under:

परवलमा रङ दलेर बेच्ने तीनजना भारतीय पक्राउ

नेपालगन्ज – नेपालगन्जस्थित थोक तरकारी बजारवाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बासी परवललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोहमध्येका भारतीय नागरिक लाकराम सोनकर, कृपाराम सोनकर र लखीराम सोनकरलाई पक्राउ गरिएको हो ।
बाँकेको सीमापारी भारतीय बजार रुपैडिया थोक तरकारी बजारबाट बिक्री नभएर पहेलो हुन लागेको बासी परवल सस्तोमा किनेर नेपालगन्ज तरकारी थोक बजारमा रङ दलेर लामो समयदेखि बिक्री गर्ने गिरोह नै यहाँ सक्रिय रहेको रहस्यसमेत खुलेको छ ।
नेपालगन्जस्थित थोक तरकारी बजारबाट खुद्रा तरकारी व्यवसायीले र अत्यधिक ग्राहकले तरकारी किन्ने गरेको र यस्तो अखाद्य तरकारी सेवनवाट क्यान्सर जस्तो रोग लाग्नुका साथै कलेजो र मृगौलामा समस्या आउने क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बिमल दाहाल बताउँछन् ।

0 comments:

Post a Comment