३ जेठ, काठमाडौं । संघीय गठबन्धनले सिंहदरबार घेराउको कार्यक्रमलाई आज पनि निरन्तरता दिँदैछ ।
आइतबारको सिंहदरबार घेराउ कार्यक्रम सफल भएको निष्कर्ष निकालेको गठबन्धनले सोमबार बिहान ९ बजेदेखि सिंहदरबार घेराउ सुरु गर्ने जनाएको छ । घेराउ अझै व्यापक बनाउने तयारी गठबन्धनको छ ।
संविधानको विरोधमा गठबन्धनले आइतबार सडक कव्जा गरेर सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।
यसअघि हिजो संघीयसमाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा साझँ बसेको बैठकले पहिलो दिनको सिंहदरबार घेराउ सफल भएको निष्कर्ष निकालेको छ । व्यवस्थापनमा देखिएको सामान्य त्रुटिका बाबजुद आन्दोलन सफल भएको उसको निष्कर्ष छ ।
पहिलो दिनको सिंहदरबार घेराउका क्रममा एउटा सवारी साधनमा तेडफोड भएको थियो । घेराउका कारण सिंहदरबार आसपासका क्षेत्रमा सावरी अवरोध भएका कारण आइतबार दिनभरजसो राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।
थानकोटमा प्रहरीले सुरक्षा जाँचमा कडाँई गरेपछि काठमाडौंं भित्रने सवारी साधन जाममा परेका थिए ।
Sunday, May 15, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment