300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

नेपाल र भारतकोे मोष्ट वान्टेडमा परेका लामाले थुनुवा कोठामै आत्महत्या

काठमाडौं १ जेठ:

बाघ मारेको अभियोगमा पक्राउ परेका एक व्यक्तिले थुनुवा कोठामै आत्महत्या गरेका छन । बर्दिया राष्ट्रिय निकुञ्जको थुनुवा कोठामा बाघ मारेर त्यसको अंग ओसार पसार गर्ने अभियोगमा शुक्रबार पक्राउ परेका एक व्यक्तिले आत्माहत्या गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले हुम्ला बरगाउँ ४ का ५७ वर्षका शेर लामाले निकुञ्जको थुनुवा कोठामै आत्महत्या गरेको जनाएको छ ।

 मृतक लामाको शव पोष्टमार्टमका लागि सदरमुकाम गुलरीया पठाइएको छ । कैलालीमा बाघको छाला बेच्न लगाएको अभियोगमा मुद्धा लागेको मोष्ट वान्टेड सूचिमा रहेका लामा अन्तर्राष्ट्रिय गिरोहमा संलग्न रहेको सिआईबीले बताएको छ ।

0 comments:

Post a Comment