300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 22, 2016

Tagged under:

सनराइजर्सलाई हराउँदै कोलकत्ता आईपीएलको अन्तिम चारमा

९ जेठ, काठमाडौं । सनराइजर्स हैदरबादलाई २२ रनले हराउँदै कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको क्वालिफायरका लागि छनोट भएको छ । कोलकत्ताको जितसँगै रोयल च्यालेन्जर्स बैंग्लोर र डेल्ली डेयरडेभिल्सलाई दबाब बढेको छ । अब यो दुई टिम मध्ये विजेता क्वालिफायरमा पुग्नेछ भने अर्को टिम बाहिरिनेछ ।

 पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि युसुफ पठानले अविजित ५२ रन बनाए भने मनिष पाण्डेले ४८ रनको योगदान दिए ।

 रोविन उथप्पाले २५ रन जोडे । १७२ रनको लक्ष्य पछ्याएको सनराइजर्स हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४९ मात्र बनाउन सक्यो । उसका लागि शिखर धवनले ५१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । युवराज सिंहले १९ रन बनाए भने डेभिड वार्नर १८ रनमा आउट भए । उसलाई सस्तैमा समेट्ने क्रममा सुनिल नारायणले ३ विकेट लिए ।

0 comments:

Post a Comment