शुक्रबारदेखि आइतबारसम्म ग्राहकको ताँती नै लाग्ने रोयलका महाप्रबन्धक निर्माण आचार्य बताउँछन् । जुवाका त्यस्ता खालमा सहभागी हुन नेपाली पनि त्यहाँ पुग्छन् । ’क्यासिनोमा गएर रमाइलो गर्ने मेरो आदत छ । म आफ्नो व्यवसायमा धेरै मेहनत गर्छु अनि मनोरञ्जन पनि पुरापुर गर्न चाहन्छु,’ रोयलमा भेटिएका भक्तपुरका नबिन शर्मा (नाम परिवर्तन) ले भने, ‘नेपालमा सरकारले स्वदेशीलाई क्यासिनो प्रवेश निषेध गरेपछि यता आउन थालेको हुँ ।
’ उनले आफू जग्गा कारोबारी भएको पनिल बताए । सरकारले नेपाली नागरिकलाई क्यासिनो खेल्न बन्देज लगाँउदा पुँजी पलायन भएको बताउँछन्, काठमाडौंस्थित एक क्यासिनोका सञ्चालक । नेपाली क्यासिनो खेल्न गोवा, सिक्किम वा अन्त कतै गएर खेल्ने उनको भनाइ छ ।

0 comments:
Post a Comment