एजेन्सी । अाम मानिसलाइ अाफ्नो शरीर अग्लो भएकोमा खुसी लाग्छ र होँचो मानिसहरुलाई अग्लो हुन पाए हुने जस्तो हुन्छ । अग्लो हुनुका पनि अाफ्नै धेरै फाइदा छन् । सुन्दर र अाकर्षक व्यक्तित्व, सबैको केन्द्रबिन्दुमा पर्ने र बिभिन्न काममा सफल हुने जस्ता विस्वासले अग्लो हुनु राम्रा पक्ष मानिन्छन् । तर होँचो मानिसलाई सधैँ सानो महसुस हुने, अात्मविश्वास नहुने हुन महसुस गर्ने गर्छन् । तर होँचो हुनुको पनि अाफ्नै फाइदा छन् । होँचो मानिसमा निम्न स्वास्थ्य फाइदा छन् ।
धेरै वर्ष बाँच्छन्ः अमेरिकाको पीएलओएस ओनमा प्रकाशित एक जर्नलमा प्रकाशित अध्ययन अनुसार छोटो कदका मानिसको जीवन अग्लो कद भएकाहरु भन्दा लामो हुन्छ । अध्ययनमा ८ सय जापानी र अमेरिकी महिलामा ४० वर्षसम्म अध्ययन गरिएको थियो । अग्लाहरु होचोको तुलनामा बढी रोगी हुने अध्ययनमा देखाइएको थियो ।
क्यान्सर खतरा कमः क्यान्सर कज एन्ड कन्ट्रोल नाम दिएको सन् २०१४ को एक अध्ययनमा अग्ला मानिसलाई क्यान्सर र क्यान्सरजन्य खतरा हुने दर्शाइएको छ । अध्ययनमा क्यान्सरको उपचार गएिका ३८ हजार ८ सय ६२ सहभागी थिए । अन्य धेरै अध्ययनले पनि अग्ला महिलामा अन्डासय र स्तन क्यान्सरको खतरा देखाएको थियो । त्यस्तै अग्ला महिलालाई कोलोन, रेक्टम र प्रोस्ट्रेट क्यान्सरको खतरा हुने गर्छ ।
रगत जम्ने खतरा न्युनः निश्चय नै अग्ला मानिसका लागि यो दुखद समाचार हुन सक्छ । तर वास्तविकता भने यही हो ।अग्लो व्यक्ति लामो समयसम्म निष्क्रिय बस्यो भने बारम्बार रगत जम्ने समस्या वा रक्तनलीसँग सम्बन्धित अन्य समस्याले पीडित बन्न सक्छ । गत वर्ष जर्नल अफ थोर्मबोसिस एन्ड हेमोस्टासिसमा प्रकाशित एक अध्ययन अनुसार १ सय ९५ सेमी देखि २०० सेमीका मानिसलाई दुई भन्दा बढी पटक रगत जम्ने समस्या देखिएको थियो ।
बढी चलाखः न्युरोलोजिस्त डेभिड इगलम्यानका अनुसार होचा मानिसको तुलनामा अग्ला मानिसले संसारलाई अलि धिमा गतिमा अनुभव गर्छन् । अग्ला मानिसले होचाको तुलनामा १० भागको १ भाग ढिलो आफ्ना आँखा, कान, जिब्रो र छालामार्फत चेतनायुक्त तथ्यांक (सेन्सरी डाटा) प्राप्त गर्छन् । अग्लो मानिसको दिमागको स्नायुको मार्ग अलिक लामो भएकोले दिमागले लिने सूचना र संकेतमा पनि ढिलाई हुन्छ । इगलम्यानका अनुसार यही ढिलाईका कारण जहिलेपनि वर्तमान अतित भइसकेको हुन्छ ।

0 comments:
Post a Comment