300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

चर्चित गायक अरिजीत सिंहले सलमानसँग किन यसरी मागे माफी ??????????

मुम्बई – चर्चित गायक अरिजीत सिंहले आफ्नो फेसबुक पेजमार्फत सलमान खानसँग माफी मागेका छन् । अरिजीतले सलमान खानलाई उनको नयाँ चलचित्र ‘सुल्तान’ मा आफ्नो आवाज नहटाउन समेत अनुरोध गरे । अहिलेसम्म सलमानले आफ्नो कुनै पनि चलचित्रमा अरिजितको आवाज प्रयोग गरेका छैनन् । 

Sorry-Salman-Khan-says-Arijit-Singh-Sultan-controversyके लेखका छन् अरिजीतले अरिजीतले फेसबुकमा लेखेका छन् – ‘डियर सलमान खान । तपाईसँग कुराकानी गर्नका लागि मसँग बाँकी रहेको यो अन्तिम तरिका हो । मैले थुप्रैपटक तपाईलाई फोन र म्यासेज गरेँ । तपाईलाई लाग्ला कि मैले तपाईको बेइज्जती गरेको छु । तर उक्त शोमा जे भयो त्यो गलत समयमा भयो । यदी अझै पनि तपाईलाई मैले बेइज्जत गरेँ भन्ने लाग्छ भने म हृदयदेखी नै माफी चाहन्छु ।

 म र मेरो परिवार लामो समयदेखी तपाईको प्रशंशक रहदैँ आएका छौ ।’ अहिलेसम्म उनको फेसबुक स्ट्याटसलाई लिएर सलमान खानले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । कसरी भएको थियो विवाद ? – २०१४ को फेब्रुअरीमा भएको गिल्ड अवार्डमा अरिजित सिंहले उत्कृष्ट गायकको पुरस्कार जितेका थिए । यस समारोहमा सलमान खानले कार्यक्रम प्रस्तुत गरेका थिए । स्टेजमा पुग्नेबित्तिकै सलमानले ठट्टा गर्दै अरिजीतलाई भने –‘के तिमी निदाएका थियौँ ?’ 

 – अरिजीतले कडा जवाफ फर्काउँदै भने–‘तपाईहरुको (सलमान र रितेश देशमुख) प्रस्तुतीले मलाई निदाउन बाध्य बनायो ।’ त्यसपछि सलमान चिढिए । उनले भने तिमी जस्तो गीत गाउँछौ त्यसले पनि निन्द्रा लगाउँछ । – यसपछि सलमानले अरिजीतलाई ‘तुम ही हो’ बोलको गीत गाउन लगाए । अरिजीतले गीत गाउँदै गर्दा सलमान उनको नक्कल गर्दै थिए । गीत सकिएपछि अरिजीतलाई सलमानले भने – ‘यो रह्यो तपाईको अवार्ड र अब तपाई जानुस् ।’ यस दौरान दुबै कलाकार खुसी थिएनन् ।

0 comments:

Post a Comment