काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताएका छन् ।
मंगलबार अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताए । ‘
‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’’ उनले भने – ‘‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’’
प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने जानकारी दिए ।
उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराए ।
‘‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’,
उनले भने – ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’
नेकपा एमालेका अध्यक्ष ओलीले पुनःनिर्माणको काम द्रुत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी गराए ।
परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिलाको सहभागिता छ । बैठक बुधबारसम्म चल्ने छ ।
Tuesday, May 17, 2016
Tagged under: Poltics
हामी आफैँ पानीजहाज किन्छौँ, तीन दिनमा सामान भित्र्याउँछौंः प्रधानमन्त्री ओली एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment