४० दिनमा २४ वटा विज्ञापन क्याम्पेन र प्रियंका चोपडाको पकेटमा १ सय करोड रुपैयाँ। ३३ वर्षीया बलिउड हिरोइनलाई भारत फर्किँदा यो भन्दा न्यानो स्वागत के हुनसक्छ? अनुपस्थित हुनु कुनै पनि ब्रान्ड एम्बेसडरका लागि घातक हुने गर्छ तर जब हलिउडको कुरा आउँछ त्यसपछि यसको भाषा फेरिन्छ। यस्तै सत्य हुने गर्छ दीपिका पादुकोणका लागि।
३० वर्षीया हिरोइन हलिउडको ट्रिपल एक्स दी रिटर्न अफ सेन्डर केजको प्रवर्द्धनमा छिन्। भारतीय ब्रान्डका रुपमा रहेका यी दुवै हिरोइनहरुको भारतीय पहिचानसँगै हलिउडको पहिचान पनि जोडिएको छ। पिकु वा बाजिराव मस्तानीका रुपमा बलिउड प्रेमीले दीपिकालाई हेरिरहन्छन्। त्यसपछिमात्र उनीहरुले ट्रिपल एक्सकी दीपिका हेर्छन्। हलिउडमा अभिनय भएपछि भारतीय बजारमा पुर्याइने उत्पादन र सेवाको प्रवर्द्धनमा कति असर पर्छ भन्ने चासो अहिले धेरैमा छ। के उनीहरुको हलिउड यात्राले ब्रान्ड एम्बेस्डर यात्रामा असर पार्ला?
Saturday, May 28, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment