काठमाडौं–
प्रहरीले दुर्लभ बन्यजन्तु सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामछाप घर भई बौद्ध बस्ने तिर्थ श्रेष्ठ र अशोक श्रेष्ठ रहेका छन् ।
बौद्ध, स्थित सडकमा सालकको खपटा बेचबिखन गर्न केही मानिसहरु सालकको खपटा बोकी हिँडिरहेको भन्ने गोप्य सुचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिइएको टोलीले उनीहरुलाई २ किलो सालकको खपटा सहित सोमबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागी जिल्ला बन कार्यालय काठमाडौं पठाइएको छ
Tuesday, May 10, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment