फेसबूकलगायत सामाजिक सञ्जालमा मानिस हराएको वा फेला परेका पोष्ट प्रशस्त मात्रामा देख्न पाइन्छ । साथै, तिनलाई आफन्तसम्म पुर्याउन मद्दतका लागि शेयर गरिदिन आग्रह समेत देखिन्छ । यस्ता कुराले प्रयोगकर्ताहरू हराएका मानिसको मद्दत गर्न चाहन्छन् भन्ने बुझिन्छ । तर, मद्दत गर्दा बेहोर्नुपर्ने विभिन्न झन्झट तथा समस्याका कारण गर्न भने सकिरहेका हुँदैनन् ।
तर, अब भने विनाझन्झट नै हराएका मानिसलाई मद्दत गर्न सघाउने नयाँ एपको विकास भएको छ । ‘री–युनाइट’ नामक यो एपको मद्दतले हराएका मानिस फेला पार्न सहज हुने विकासकर्ताको दाबी छ । विशेषगरी वृद्धावस्थामा पुगेका, मानसिक रोगी, मनोभ्रम्सलगायत रोगका पीडितहरू, जसले समयसयममा सजिलै बाटो बिराउँछन्, तिनका लागि यो एप निकै सहयोगी हुने देखिन्छ ।
‘रि–युनाइट’ एपलाई गूगलको प्लेस्टोरमार्फत डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरी इन्ष्टल गरेपश्चात् यसको प्रयोगका लागि ईमेलमार्फत रेजिष्टर गर्नुपर्ने हुन्छ । कसैले गलत तरीकाले एपको प्रयोग गर्न नसकून् भन्ने सोचका साथ यसो गरिएको हो ।
एपमा रजिष्टर गरेपछि हराएका मानिसको तस्वीर र सो व्यक्तिसँग सम्बन्धित जानकारी एपमा भर्नुपर्छ । व्यक्तिका बारेमा उल्लेख गरिएका ती जानकारी सजिलै पीडीएफ वा जेपीईजी फाइलमा समेत रूपान्तरण गर्न सकिन्छ । यसलाई सामाजिक सञ्जाल साइटमार्फत एकैपटक धेरै मानिसमाझ पुर्याउन सकिन्छ । एपको निर्माण भारतीय सरकारी संस्था ‘सारे जहाँ से अच्छा’ फाउण्डेशनले गरेको हो ।
Monday, May 16, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment