300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

सोनाक्षी प्रकरणः सैनिकलाई कारबाही गर्ने रक्षा मन्त्रीको यस्तो तयारी ...

सोमबार, ३ जेठ काठमाडौं । सैनिक श्रीमति संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सहभागि हुन भारतबाट आएका बलिउड नायिका सोनाक्षी सिन्हा र मलैका अरोरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली सेनाका जर्नेल बर्दीसहित गएको विषय अहिले विवादित बनेको छ । यस विषयमा चौतर्फी आलोचना भएपछि रक्षामन्त्रालयले जंगि अड्डासँग जवाफ मागेको छ । अब के ति जर्नेललाई कारवाही हुन्छ त ? कारवाही पछि सेना र सरकारको सम्बन्धमा कस्तो असर पर्छ ? लगायतका विषयमा उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी नेकपा एमालेले मदन भण्डारीलाई अहिले कसरी सम्झिन्छ ? मदन भण्डारी र जीवराज आश्रितको दास ढुंगामा हत्या भएको डेढ दशक वितिसकेको छ । उहाँहरु महान देशभक्त, जनताको अधिकारप्रति प्रतिबद्ध, नेपाल राष्ट्रको सर्वोत्तम हितकोलागि प्रतिबद्ध र समर्पित नेता हुनु हुन्थ्यो ।

 त्यही रुपमा उहाँहरुको हामी सम्झना गर्छौ । मदन भण्डारीको भावना अनुसार पार्टी र देशलाई अगाडि बढाउन सक्नु भएको छ ?त्यसपछिका वर्षहरु हाम्रा लागि उथलपुथलका वर्षहरु भए । २०५१ सालमा हामी सरकारमा आउँदा उहाँहरुले कल्पना गर्नु भएको स्वाभिमान, स्वाधिन र जनताले आफ्नो निर्णय आफै गर्न पाउने दिशामा हामीले राज्यलाई निर्देशित गरेका थियौ । तर हामी नौ महिनामात्रै बस्न पायौ र त्यसपछिका प्रत्येक वर्षहरु उथलपुथल र अस्थिरताका वर्षहरु भए । अहिले हाम्रो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनु भएको बेला त्यो राष्ट्रिय स्वाधिनता, स्वाभिमान, जनताको हित र समृद्धिको लागि हामी सक्दो प्रयत्न गरिरहेका छौ । तपाईहरु धेरै पटक सरकारमा पुगेपनि उहाँहरुको हत्यारा त पत्तालगाउन सक्नु भएन नि ? यो धेरै दुखको कुरा हो । संसारमा अमेरिका जस्तो देशमा केनडीको हत्या भयो, अक्विनको हत्या भयो फिलिपिन्समा । त्यही मान्छेहरु थिए, त्यही सुरक्षाकर्मीहरु थिए तर यत्रो बर्षसम्म पनि अनुसन्धान गर्दा पनि पत्ता लाग्न सकेनन । यसको अर्थ हाम्रो देशमा पत्ता लगाउनु हुँदैन भन्ने होईन ।

 तर तपाईहरुले त अनुसन्धान नै गर्नु भएन ? अनुसन्धान हामीले गर्यौ । हामीले अल्पमतको सरकार भएको बेला यसको अनुसन्धान अगाडि बढाएका थियौ । अनुसन्धान अगाडि बढाउँदै गर्दा हामी सरकार बाट हट्नु पर्यो । पछि गाडिको चालक जो थिए उनी समेत मारिए । त्यस्तो खाले जटिल परिस्थितिमा हामीले नसकेकै हो । यो स्विकार गर्नु पर्छ तर हामीले त्यसको अनुसन्धान गर्ने प्रयत्नहरु गरेका थियौ । तपाईहरु सरकारमा हुनु हुन्छ अहिले पनि अनुसन्धान त गर्न सक्नु हुन्छ नि ? यसको अनुसन्धान रक्षामन्त्रालयले गर्ने होईन, गृहमन्त्रालयले गर्ने हो । तर पनि हामीले सरकारको नेतृत्व गरिरहेको हुनाले गर्नु हुँदैन भन्ने त होईन । जुन डेढ दशक विते सुरुमा हामीले अनुसन्धान अगाडि बढाउँदै जाँदा जटिल परिस्थिति थियो हामीले सरकारबाट हट्नु पर्यो । यो अनुसन्धानको अन्तर्य अत्यन्तै जटिल छन । मधेसवादी दलहरुले काठमाडौ केन्द्रीत आन्दोलन गरिरहेका छन तर तपाईहरु उनीहरुको माग पुरा गर्न अझै तयार हुनु हुन्न ? नेपाली जनताबाट निर्वाचित संविधानसभाले ९० प्रतिसतले हस्ताक्षर गरेर संविधान जारी गर्यो । त्यो संविधानले सबै जाति क्षेत्र, बर्ग समूदाय, लिङगका जनताहरुको अधिकारलाई पूर्ण रुपमा स्थापित गरेको छ । अहिले आन्दोलनरत संघीय गठबन्धनको संयोजक उपेन्द्र यादव सबैभन्दा बढी जातीय कुरा गर्नु हुन्छ । सबैभन्दा संकृण कुरा गर्नु हुन्छ र यो संविधानलाई नश्लबादी संविधान भन्नु हुन्छ । जसले एउटा जातिको आधारमा राज्य सञ्चालन गर्न खोज्छ । त्यो नै सबैभन्दा ठूलो नश्लबादी हुन्छ । उहाँले त केपी शर्मा ओलीको सरकार विस्थापित नगरेसम्म मधेसको माग पुरा हुदैन भन्नु भएको छ नि ?

 त्यस्तो पूर्वाग्रहले देश चल्दैन । यो कुनै ब्यक्तिविशेषप्रतिको रिसईवीको कुरा होईन । उहाँहरुले संविधान पढ्नु भएको छैन या उहाँहरु संविधानका विरुद्ध कुप्रचार गरिरहनु भएको छ । यो नेपाली जनताको संविधानलाई खत्तम पार्ने,त्यसलाई कार्यान्वयन हुन नदिने अनि दुई चारजना बसेर कसैको ईशारामा नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधिनतालाई आँच पुग्नेगरी संविधान लेख्ने योजना हो । सीमांकनमा त तपाई पनि बाधक बनिरहनु भएको छ नि ? यो कुरा गलत हो । संविधानसभाबाट संविधान ल्याउनु पर्छ भन्ने अनि संविधानसभाबाट ल्याएको संविधान जसमा सम्पूर्ण जनताका अधिकार विशेषगरी पिछडिएका बर्ग र समूदायका जनताको अधिकार सुनिश्चित गरिएको छ त्यसलाई कार्यान्वयन हुन नदिने, एउटा जाति समूदायलाई समातेर उचाल्ने र देशलाई जातीय आधारमा चलाउन खोज्ने र आफूलाई नश्लबादी भनि हाल्छन कि भनेर अरुलाई नश्लबादी भएको आरोप लगाउने ।

 त्यसकारण म बाधक होईन, म त नेपालको स्वाधिनता, स्वतन्त्रता र सम्पूर्ण जातिहरुको अधिकारकोलागि ४५ वर्षदेखि लडेको मान्छे हुँ । त्यसो भए कैलाली र कञ्चनपुर अखण्ड सुदुरपश्चिममा किन राख्ने ? यो अखण्ड सुदुरपश्चिमको कुरा होईन, अखण्ड नेपालको कुरा हो । नेपालको स्वाधिनता र स्वतन्त्रतालाई समाप्त गर्न खोज्दा खेरी कुनै पनि देशभक्त नेपालीले अडान लिनु उसको कर्तब्य हो । म पछि पलाएर कसैको ईशारामा, बाह्रय मुखुण्डो लगाएर राजनीति गरेका होईनौ । मैले ४५ वर्षदेखि निरन्तर यो देशको अखण्डता र स्वाधिनताकोलागि अभियान चलाएको छु । आज पनि सम्पूर्ण देशभक्तहरुको त्यसको पक्षमा उभिनु कर्तब्य हो ।

 नेपाललाई स्थायीत्व तिर जान नदिने, नेपालमा विकास,समृद्धि हुन नदिने, नेपालमा विविधतामा एकता हुन नदिने, जाति समूदायको नारा दिएर त्यसलाई फुटाई रहने । यो त नेपालको अखण्डतालाई टुक्राउने र समृद्धिको बाटोमा जान नदिने षडयन्त्र हो । त्यसो भए तपाईहरु मधेसको मुद्दा संबोधन गर्न तयार हुनु हुन्न ? एकदमै तयार छौ । मधेसका मुद्दा भनेको त्यहाँका मुसहर, तेली, धोवी, दलित, खान नपाएका उत्पिडित, डुवानमा परेर पीडित भईरहने जनता र विभिन्न अपराधबाट पीडित जनताको हक अधिकारलाई सुरक्षित गर्ने र आज तराई मधेसका थुप्रै ग्रामिण बस्तीहरुलाई तिब्र राजनीतिक स्थायीत्वको साथ विकासको बाटोमा अघि लाने चाहे पहाड, हिमालका हुन, चाहे मधेसी, थारु, राजबंशी, दलित जो सुकै हुन सबैले मेरो देश बनाउनु छभन्ने कुरा नै तराई मधेसका जनताको हितमा छ । काठमाडौमा धर्ना वा सीमानामा नाकाबन्दी गरेर त्यो पुरा हुन सक्दैन ।

 सीमांकनको मुद्दा मिलाउन तयार हुनु हुन्न ? उहाँहरुको मुद्दा नै के हो तराईलाई पहाड र हिमालसँग मिल्न नदिने, यहाँ आएर जनजाति र मधेसी एकै हौ भनेर सिंहदरवारमा धर्ना कस्ने जातिय घृणा फैलाउन खोज्ने । तराई पहाड र हिमाल एक भएर अब देश बनाउ भन्दा त्यसको विरोध गर्ने अनि के हो तराई मधेसको माग भनेको ? पहाडलाई तराईसँग मिल्नै दिनु हुँदैन भनेको के हो ? हामीले के पहिलाको जस्तो जात जातको राजा रजौटा बनाउन खोजेको हो । झापा देखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुन सक्दैन ? सप्तरी देखि पर्सा र नवलपरासी देखि वर्दियासम्म दुई प्रदेश त छदैछ । गठबन्धनको आन्दोलनले काठमाडौको जीवन अस्तब्यस्त भएको छ तपाईहरु के हेरेर बस्नु भएको छ ? सरकार लोकतान्त्रिक हो । जबसम्म कुनै ब्यक्तिले हिंसा, ध्वंश, आतंक मच्याएर कानून मिच्दैन तबसम्म शान्ति पूर्ण रुपमा प्रर्दशन गर्न पाउने अधिकारलाई यो सरकारले हनन गर्दैन । यो सरकार यति संयमित छ कि आन्दोलनकारीहरुले कति विगारेका छन, फोहोर गरेको छ तर पनि संयमित छ । जबसम्म आन्दोलन एउटा सीमा भन्दा बाहिर जाँदैन तबसम्म सरकार एकदमै संयमित छ । निषेधित क्षेत्र तोड्न थाले भने के गर्नु हुन्छ ? त्यतीबेला यो देशमा संविधान छ, कानून छ, राज्य छ, मानवअधिकार छ त्यसै अनुसार सरकार अगाडि बढ्छ । तपाईहरु मधेसको आन्दोलनलाई दवाउने रणनीतिमा हुनु हुन्छ ? होईन, यो दवाउने भन्ने प्रश्न नै होईन ।

 हामीले किन दबाउनु पर्यो । हामीले नेपालको संविधान अनुसार उहाँहरुलाई बार्तामा आउनुस, जनतालाई तपाईका सिद्धान्त राम्रा लागेका छन भने जित्नुस, बहुमत ल्याउनुस, संविधान परिवर्तन गर्नुस भनेर भनेकै छौ । बहुमत नमान्ने, संविधानसभाको निर्णय नमान्ने, नेपाली जनतालेगरेको निर्णय नमान्ने अनि देशलाई टुक्राउनकोलागि हाम्रो माग पुरा गर्नु पर्छ भनेर दंगा गराउन खोज्ने कुरा कुनै पनि देशप्रति जिम्मेवार ब्यक्ति र सरकारले मान्न सक्छ र ? भारतीय नायिकाको स्वागतमा नेपाली सेनाको जर्नेल गएको विषयलाई कसरी लिनु भएको छ ? सैनिक मञ्च अगाडि जहाँ तारबार लगाएर छुट्याईएको ठाँउ छ त्यहाँ पहिला पनि विभिन्न सास्कृति कार्यक्रम र खेलकुद कार्यक्रम हुने गरेकै छन । अहिलेको कार्यक्रम सैनिक मञ्चमा गरियो भन्ने कुरा होईन । जहाँसम्म विमानस्थलमा पोसाक लगाएका नेपाली सेनाका उच्च अधिकृतले कुनै देशका सामान्य नागरिकलाई स्वागत गर्ने भन्ने कुरालाई सरकारले गंभिर रुपमा लिएको छ । त्यस विषयमा आईतवार नै रक्षामन्त्रालयले सैनिक मुख्यालयसँग स्पष्टिकरण सोधिसकेको छ । हामी त्यसको छानविन गर्छौ ।


नेपाली सेना मात्रै होईन नेपालका राजनीतिज्ञहरु पनि आफ्नो मर्यादामा बस्नु पर्छ । अनुशासनको पालना गर्नु पर्छ । संविधान र कानूनको मर्यादालाई सेना जस्तो अनुशाससित सबै नेपालीले प्रसंसा गरेको निकायबाट यस्तो हुनु अत्यन्तै दुखको कुरा हो । नेपालको कानून, सैनिक ऐन अनुसार मर्यादा हुन्छ । प्रत्येक ब्यक्तिका पदीय मर्यादा हुन्छन । ति मर्यादाले कुनै पनि औपचारिक रुपमा सरकारी भ्रमणमा नगएको ब्यक्ति र सेनाले त्यो औपचारिक भ्रमणमा आएको ब्यक्तिलाई स्वागत गर्न जान सरकारी निर्णय नभई कुनै ब्यक्ति विशेषलाई त्यसरी पोसाकमा गएर स्वागत गर्ने कुरा कानून सम्मत र मर्यादा सम्मत देखिदैन । त्यसो भए सरकार र नेपाली सेनावीच टकराव हुने भयो ? यो सरकार र सेनावीचको द्धन्दको विषय नै होईन । यो सेनापति र हाम्रोवीचको विवादको विषय नै होईन । जुन ब्यक्तिहरुले मर्यादाको उल्लघन गरे तत तत ब्यक्तिहरु कानून र अनुशासनको दायरामा आउँछन । छानविन गरेर यथार्थ बुझ्छौ । अहिले हामीलेसोधेका छौ जवाफको प्रतिक्षामा छौ । nepalsandesh bata

0 comments:

Post a Comment