300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 26, 2016

Tagged under:

सामसुङले ल्यायो आँखाको नानीबाट खुल्ने ट्याबलेट

फिंगरप्रिन्ट स्क्यानर प्रविधिपछि सामसुङले आँखाको नानीको माध्यमबाट खुल्ने ट्याबलेट ल्याएको छ । आँखाको आइरिसको पहिचान गरी अनलक हुने यो ट्याबलेटको डिस्प्ले ७ इनचको छ भने र्याम १.५ जिबीको रहेको छ । यसमा १.२ गिगाहर्जको प्रोसेसर तथा ८ जिबी मेमोरी रहेको छ ।

ट्याबको ब्याट्री ३६०० मिलिएम्पिएर आवर क्षमताको रहेको छ । ट्याबलेटले प्रयोगकर्ताका दुबै आँखाको आइरिसलाई स्क्यान गरी पासवर्डको रुपमा सुरक्षित गर्दछ र त्यहीँ हिसाबमा डिभाइसलाई लक्ड गर्दछ र सुरक्षित राख्दछ । आइरिसलाई दुनियामा सबैभन्दा सुरक्षित पहिचान मानिन्छ । यसलाई अझै सुरक्षित तथा ह्याकिंग प्रतिरोधी बनाउनका लागि सामसुङले सामसुङ नक्स फिचर पनि दिएको छ ।

 यो ट्याब विशेषगरी भारतीय सरकार तथा व्यवसायिक समुदायलाई लक्षित गरेर डिजाइन गरिएको सामसुंगले जनाएको छ । सामसुंग ग्यालेक्सी ट्याब आइरिसको मूल्य भारतमा २ सय डलर १३ हजार ४९९ भारु तोकिएको छ ।

0 comments:

Post a Comment