300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 30, 2016

Tagged under:

भक्तपुरमा तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

१८ जेठ, भक्तपुर । काठमाडौँबाट थिमितर्फ आउँदै गरेको तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–९ बस्ने २७ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।

 गएराति १ बजे तीव्रगतिमा आएको तीन जना सवार बा ७४ प ५२४८ नम्बरको मोटरसाइकल लोकन्थली र कौशल्टारको बीचमा ६ लेन सडकको डिभाइडरमा ठक्कर खाएर दुर्घटना भएलगत्तै प्रहरीले घाइतेलाई नागरिक अस्पताल लगेको थियो ।

 मोटरसाइकलमा सवार रहेका मध्यपुरथिमि नगरपालिका–८ बस्ने २७ वर्षीय सञ्जय श्रेष्ठ र सोही नगरपालिका–९ बस्ने २७ वर्षीय मुुकेश श्रेष्ठको भने नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक श्रेष्ठको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

0 comments:

Post a Comment