300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

वैदेशिक रोजगारी सिलसिलामा विदेशमा मृत्यु भए क्षतिपूर्ति पाँच लाख पु¥याउन प्रस्ताव

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई आर्थिक सहायता स्वरुपमा दिँदै आएको क्षतिपूर्ति रकममा ६७ प्रतिशत वृद्धि गर्न प्रस्ताव गरेको छ। कारोबार दैनिकमा समाचार छ। बोर्डले क्षतिपूर्तिको रकममा भारी वृद्धि गरी ५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको हो।

अहिले मृतक कामदारका परिवारले ३ लाख रुपैयाँ क्षतिपूर्ति पाउँदै आएका छन्। बोर्डका कार्यकारी निर्देशक रघुराम काफ्लेले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई आर्थिक रुपमा समस्या नपार्न क्षतिपूर्ति रकम वृद्धि गर्न लागेको जानकारी दिए। श्रम तथा रोजगारमन्त्री अध्यक्ष रहेको बोर्डले क्षतिपूर्ति रकम पाँच लाख रुपैयाँ पुर्याउने निर्णयसहितको प्रस्ताव श्रम मन्त्रालयमा गरेको हो।

0 comments:

Post a Comment