सरकारका प्रवक्ता समेत रहेका राईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै भने, ‘अहिले कुर्सीको लागि र्याल काढ्ने बेला हैन, जनताको चाहना अनुसार काम गर्ने समय भएकोले निर्धक्क काम गर्न दिनुस ।’
नेपाल आदिवासी जनजाति महांसघ जिल्ला समन्वय परिषद् दोलखाको तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकार परिवर्तनको खेल खेल्नु बेमौसको बाजा बजाउनु जस्तै भएको प्रतिक्रिया दिए ।यो समय सरकार परिवर्तनको भन्दा संविधान कार्यान्वयनमा ल्याएर जनतालाई सुख, शान्ति र विकास दिनुपर्ने उनको जोड थियो । उनले अहिलेकै सरकारमा कांग्रेसलाई पनि सहभागी हुन आग्रह गरे । भूकम्पले क्षतिग्रस्त १४ जिल्लाको पुनर्निर्माणको काम अगाडी बढाउनुपर्ने अवस्थामा कांग्रेसले सरकार परिर्वतनको कुरा गरेर जनतलाई धोका दिन खोजेको भन्दै अहिलेको गठबन्धन कसैको ‘लालिपप’ मा नफस्ने बताए ।
उनले पहिले जस्तो दुई-तीन महिनामै सरकार परिर्वतन गर्ने फोहोरी खेलमा नलाग्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे । मन्त्री राईले वर्षाअगावै भूकम्पप्रभावित जिल्लामा सामुहिक आवासको व्यवस्था गरी जनतालाई छानामुनी राख्न सरकार लागिपरेको बताए । उनले सरकारले हालसम्मकै उत्कृष्ट बजेट ल्याउन लागेको भन्दै विपक्षी नेताहरु बहुलाउन लागेको भन्दै कोही चिच्याउँदैमा सरकार नढ्ल्ने बताए ।
0 comments:
Post a Comment