300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

'बलिउड रोमान्टिक फिल्म 'आसिकी' का अभिनेता राहुल रोय नेपालमा

काठमाडौं–बलिउड रोमान्टिक फिल्म 'आसिकी' का अभिनेता राहुल रोय नेपाल आएका छन्। शुक्रबार होटल अन्नपूर्णमा आयोजना हुने 'भोइज अफ क्रियसन–२'को शोज् टपरको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता राहुलले नेपाली फेसन र बलिउड कमब्याकबारे जानकारी गराएका थिए। '

नेपाली युवाहरु फेसनबारे अत्याधिक जानकारी राख्ने गर्छन्। फेरि बलिउडमा कमब्याक गरिरहेका हुँदा यो फेसन शो मेरो लागि महत्वपूर्ण रहेको छ,' अभिनेता रोयले भने, 'केहीपछि अभिनेत्री पुजा भट्टको फिल्मबाट बलिउडलाई निरन्तरता दिदैंछु। नेपाली फिल्म र मोडलिङ क्षेत्रले अन्तराष्ट्र्रियस्तरमा सफलता पाइरहेको बेला यस्तो शोहरुले नेपालीहरुबीच घुलमिल गर्ने माहोल सृजना गरिदिएको छ।' सन् २००९ मा नेपाल आएका उनी यसपटक नेपाल घुमघाम गर्ने सोँच बनाएका छन्।

 'मलाई पोखरा एकदम राम्रो लाग्छ। पाँच दिने नेपाल बसाँईमा सामान्य मानिसजस्तो राजधानी वरपर घुम्ने सोँच बनाएको छु,' उनले भने। आइसी कलेज अफ आर्ट एन्ड फेसनले आयोजना गर्ने कार्यक्रममा बलिउड अभिनेता राहुल रोयसहित साधना सिंह, तन्जिन अलाम, लक्की सुसिन लगायत शोज टपरको रुपमा सहभागी हुँदैछन्। त्यस्तै अभिनेत्री केकी अधिकारी, इन्दिरा जोशी, सुबिन लिम्बु, स्वस्तिमा खड्का र दीपक घिमिरे समेत शोज टपरको रुपमा देखिदैंछन्। फेसन शोमा २५ वटा नेपाली र अन्तराष्ट्र्रिय सिक्वएन्समा मोडलहरुले क्याटवाक देखाउने छन्। फेसन डिजाइनरहरुलाई प्रोत्साहन गर्न आयोजित कार्यक्रमका विजेताले ५० हजार र उपाधी प्राप्त गर्नेछन्। फेसन शोको यो दोस्रो संस्करण हो।

0 comments:

Post a Comment