300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

कट्टु समातेर श्रीमानको उद्दार

एक चिनियाँ महिलाले असाधारण तवरबाट आफ्ना श्रीमानलाई आत्महत्या गर्नबाट जोगाएकी छिन् । अपार्टमेन्टको छैटौं तलाबाट फाल हालेका श्रीमान्लाई उनले कट्टुमा समातेर खस्नबाट रोकेकी हुन् । समाचार एजेन्सीका अनुसार चीनको चाङ्चुनमा भएको सो घटनामा लिङ सुले आफ्ना ४५ वर्षीय श्रीमान वाङ लीलाई २० मिनेटसम्म कट्टुकै भरमा थेगेकी थिइन् ।

त्यसपछि मात्र प्रहरी र उद्धारकर्मी आएर वाङलाई उद्दार गरेका थिए । आत्महत्या गर्ने मनसायले वाङ २० मिटरमाथि रहेको आफ्नो फ्ल्याटको झ्यालबाट फाल हाल्न पुगेका थिए । तर, श्रीमतीले तत्कालै कट्टुमा समाउन भ्याइन् ।

 लिङको चिच्याहट सुनेपछि तत्कालै मानिसहरु तल जमिनमा भेला भएका थिए । नाटकीय उद्दारपछि वाङलाई अस्पताल लगिएको छ । उनी डिप्रेसनको सिकार रहँदै आएको समाचार एजेन्सीले जनाएका छन् ।

0 comments:

Post a Comment