300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

छोरा पढाउन भिक माग्दै अपांग आमा

असल आमाको परिचय र परिभाषा शब्दमा उन्न संभव छैन। आमा जति महान संसारमा कोही पनि छैन। जो आफू भोकै बसेर सन्तानलाई खुवाउँछिन्। आफू भिक माग्दै हिँडेर सन्तान पढाउन तयार हुन्छिन्। असल आमा यस्तै महान हुन्छिन। एउटा यस्तै उदाहरण सोनु विक हुन्। घोराही नगरपालिका वडा नं ८ बडहरा निवासी बिकले आफ्ना दुई सञ्तानलाई पढाउन गल्लि गल्लिमा भिक माग्दै हिड्ने गरेकी छन्।

 कक्षा ४ र २ मा अध्ययनरत आफ्ना १२ वर्षीय छोरा अर्जुन बिक र ८ वर्षीय छोरा अजय बिकको पढाईलाई निरन्तरता दिनका लागि शारीरीक अशक्त आमा सोनु बिक सडकका गल्ली गल्लिहरुमा हात जोड्दै भिक मागिरहेकी छन्। उनका छोराहरू शुभ सन्देश बोर्डिङ स्कूलमा घोराहीमा अध्ययनरत छन्। नाजुक आर्थिक स्थिति भएकै कारण उनी ती दुई छोराहरूको अध्यनखर्च जुटाउनकै लागि सडकमा आफ्नो अशक्त र अपाङ्ग शरीर घिसार्न बाध्य छन्। आमासँगै विदा वा फुर्सदको समयमा उनका छोराहरुले पनि माग्ने काममा सघाउँछन् ।

 गत कात्तिक महिनामा सोनुका पति बलबहादुर बिकको निधन भएपछि बिक परिवार संकटमा परेको थियो। ३५ वर्षीया अपाङ्ग सोनु बिकको पीडा देखेर गैर सरकारी क्षेत्रमा क्रियासिल मुकुन्द अधिकारीले व्यक्तिगत सहयोग गरेर उनका दुईवटा सञ्तानलाई बोर्डिङमा भर्ना गरिदिएका थिए। तर, अधिकारीको बाहिरी जिल्लामा सरूवा भएपछि सहयोग रोकिएको थियो। त्यसैले आमा सोनु विकले दुई सन्तानको शिक्षालाई निरन्तरता दिन अशक्त शरीर घिसार्न बाध्य भएकी हुन्। उनले आँसु चुहाउँदै भनिन्, ‘बुढा पनि बिते, शरीर हात लाग्दैनन्, खुट्टाले समेत राम्रो काम गर्दैनन्। मुकुन्द सरको पनि सरूवा भयो। सहयोग रोकियो। छोराहरू पढाउनु छ अनि म पनि बाँच्नुछ।’ विकको एक टुक्रा पनि आफ्नो भन्ने जमिन छैन।

 पढाईमा अब्बल सोनुका छोरा अर्जुन बिक गत शैक्षिक सत्रको कक्षा ३ को परीक्षामा प्रथम भएका थिए। त्यसैले उनले जस्तोसुकै कष्ट भोगेर भएपनि छोराहरूलाई पढाउन दृढता व्यक्त गरिन्। बच्चाको पढाई खर्च, टिफिन खर्च, ड्रेस, शैक्षिक शुल्क लगाएतको खर्चको जोहो गर्ने उद्धेश्यले सरकारी तथा गैर सरकारी संघ संस्थाहरूमा चहार्दे हिडेको सोनु बिक बताउँछिन्। पढाईमा अब्बल अर्जुनले आफ्नो पढाई र भविस्य प्रति चिन्ता व्यक्त गर्दै कोही कसैले सहयोग गरे पढाई छोड्नु नपर्ने बताए।

0 comments:

Post a Comment