काठमाडौं, २५ वैशाख । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासदहरु निर्धारित सममा उपस्थित भइसकेका थिए ।
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरुले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्कमल दाहालको कुर्सितिर निरन्तर आँखा लगाइरहे ।
उनीहरु सायद चार दिनयता नेपालको राजनीतिमा उठकेका प्रश्नहरुको उत्तर दाहालकै मुखबाट सुन्न चाहन्थे ।
तर, उनीहरुको यो चाहना पूरा हुन पाएन । अध्यक्ष दाहाल उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो । बैठक अवधिभर उनीहरुले एकआपसमा खासखुस गर्दै प्रश्न गरे– ‘अध्यक्ष दाहाल खै ?’ अन्नपूर्ण पोष्टमा समाचार छ ।
Saturday, May 7, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment