300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 10, 2016

Tagged under:

१४ वर्षीया बालिकालाई घरभित्र थुनेर यौनशोषण गर्ने पक्राउ

राजविराजः
१४ वर्षीया एक बालिकालाई घरभित्र थुनेर यौनशोषण गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–२ बस्ने ३५ वर्षीय उपेन्द्रदास तत्मा रहेको प्रहरीले जनाएको छ ।

 उनलाई सप्तरीको बक्दुवा–७ स्थित मोहलीबाट आफन्त पर्ने दुःखी दास तत्माको घरमा बालिकासँग अनैतिक कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताए । ती बालिकालाई तीन–चार दिनदेखि तत्माको घरमा राखेर अनैतिक कार्य गरेको प्रहरीको भनाइ छ ।

 पीडित बालिकाको परिवारले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका अधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिका चार–पाँच दिनदेखि घरबाटै बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेका दासको विरुद्धमा जवर्जस्ती करणी उद्योग मुद्दा चलाइने प्रहरी निरीक्षक महतले जानकारी दिए ।

0 comments:

Post a Comment