300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

सगरमाथा आरोहण क्रममा ज्यान गुमाउनेको संख्या चार पुग्यो

सोलुखुम्बु : वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहण क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गुमाएका छन्। यो सिजनको सुरुवातमा कुनै दु:खद दुर्घटना नभएपछि उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निराश बने। त्यसपछि अरु तीन जनाले ज्यान गुमाएका छन्। हालसम्म यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नयाब उपरीक्षक माधव बुढाथोकीले पुष्टि गरे।

 शुक्रबार ३६ वर्षीय डच एरिक अर्नाल्डको सगरमाथा चुचुराबाट फर्कने क्रममा ज्यान गएको थियो भने शनिबार अस्ट्रेलियाको मोनास विश्वविद्यालयका प्रा मारिया स्ट्रिडको चुचुरो पुग्नुअघि चौथो क्याम्पमा ज्यान गयो। यस्तै आइतबार ४४ वर्षीय भारतीय सुवास पउलको दोस्रो शिविरमा नै ज्यान गएको प्रहरीको भनाइ छ। गएको दुई वर्ष सगरमाथामा ठूलो मानवीय क्षति हुँदा आरोहण अवरुद्ध थियो। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि हालसम्म २ सयभन्दा बढीले सगरमाथामा ज्यान गुमाइसकेका छन्।

0 comments:

Post a Comment