300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 11, 2016

Tagged under:

अनौठो सौन्दर्य प्रतियोगिताः जब गाईहरु र्‍यापमा उत्रिए…

हामीकहाँ अनेक जाति, वर्ग तथा उमेरका मानिसको मात्र होइन कुकुर सम्मको सौन्दर्य प्रतियोगिता हुने गरेको देखिएको सुनिएको छ । तर भारतमा भने गाइको समेत सौन्दर्य प्रतियोगिता गरिएको छ ।

 भारतीय नश्लका गाइका संरक्षण तथा स्थानीय नश्लको प्रवर्धन गर्ने भन्दै भारतको हरियाणा सरकारले नै गाइको सौन्दर्य प्रतियोगिताको आयोजना गरेको हो । हरियाणाको रोहतकमा स्वदेशी गौवंश सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको छ ।

 शुक्रबार र शनिवार गरी दुइ दिनसम्म चलेको प्रतियोगिता अन्तरगत शनिवार ७ मे मा गाइको फेसन शो को आयोजना गरियो । जसमा केही गाइहरुलाई र्याम्पमा उतारियो । कार्यक्रममा हरियाणाका विभिन्न क्षेत्रबाट गरी ६ सय गाइ सहभागी थिए । सौन्दर्य प्रतियोगितामा हरियाणा, साहीवाल, राठी, गिर, थारपारकर लगायतका नश्लका गाइ सहभागी भए । सौन्दर्य प्रतियोगितामा ५० जवान साँढे सहित ४० बाच्छा बाच्छी, ४० कोरली गाइ तथा १ सय वटा जति दुध दिन छाडेका गाइ समेत सामेल थिए ।

0 comments:

Post a Comment