300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 5, 2016

Tagged under:

पैसा कमाउन गएका बुवा बाकसमा भए फिर्ता, छोरा-छोरीको बिचल्ली



२३ वैशाख, राजविराज । पाँच धुर जग्गामा फुसको घर । ती घरमा तीन सन्तान, एक श्रीमती र अपाङ्गता भएका पितालाई जसोतसो पाल्दै आएका थिए बद्री मण्डल । परिवारको एक्लो आश थिए उनी । पिता शारीरिकरुपमा अशक्त भएपछि सानै उमेरमा परिवारको जिम्मेबारी थपियो उनको काँधमा । बेरोजगार उनले बनिबुतो गरेर आफ्नो र परिवारको छाक टार्दै आएका थिए । घरपरिवारलाई राम्रोसँग पाल्न भन्दै विदेशिए । 

तर विदेशबाट धन सम्पत्ति होइन उनी आफै लाश भएर बाकसमा बन्द भई फर्किए । सिंगो परिवारको आड भरोसा नै गुमेपछि मण्डल परिवारको बिचल्ली भएको छ । ‘अब कसले हामीलाई हेर्छ ? कसरी गुजारा टार्‍छौं ?’ बलिन्द्र आँशुको धारा बगाउँदै बद्रीकी पत्नी रञ्जुदेवीले बिलौना गरिन्, ‘मेरो त जीवन नै अन्धकार भयो ।’ सप्तरी मधवापुर गाविस २ निवासी बद्री एक बर्ष अगाडि रोजगारीका निम्ति साउदी अरेबिया पुगेका थिए । विदेश जान उनले एक लाख ३० हजार ऋण लिएका थिए । 

साउदीको पेट्रोल पम्पमा काम गर्न भनी हिँडेका थिए ३० वर्षीय बद्री । तर, एक बर्ष नबित्दै उनको मृत शरीर घरमा आएको छ । अब छोरा छोरीको लालन पालन, शारीरिकरुपमा अशक्त ससुराको हेरबिचार र साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता रञ्जुलाई छ । ‘लिएको ऋण चुक्ता हुन सकेको थिएन,’ उनले भनिन्, ‘श्रीमान् विदेशमा गएपनि छोराछोरी र ससुरालाई सन्तोष मानी हेरिरहेकी थिएँ । तर अब सबै कुरा बर्बाद भयो ।

 छोराछोरी टुहुरा भए । अब कसरी आफू र परिवारको गुजारा चलाउनु ?’ एक हप्ता अगाडि ज्यान गएका उनलाई अचानक पेट दुखेको थियो । पेट दुखेपश्चात अस्पताल पुर्‍याउँदा उनको उपचारकै क्रममा ज्यान गएको पारिवारिक स्रोतले बतायो । मृतककी पत्नी रञ्जुले मृत्यु भएको चार दिनअघि श्रीमानसँग राम्रैसँग कुराकानी भएको र त्यसबखत यस्तो घटना हुनसक्ने कल्पना समेत गर्न नसकेको बताइन् । 

 रञ्जुको परिवार मात्रै होइन बद्रीको मृत्युको खबर सुनेर पुरै गाउँ नै शोकमग्न भएको छ । हुन त वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेहरुमध्ये बद्री एक्लो होइनन् ।

 तर उनको परिवारको आर्थिक अवस्थाले श्रीमतिसहित छोराछोरीलाई जीवन धान्न समस्या भएको छ । ‘श्रीमान् विदेश गएपछि अब सुखको दिन आउँछ, बालबच्चा राम्रोसँग पढ्छन् भन्ने अपेक्षा बोकेकी थिएँ,’ उनले भनिन्, ‘तर सोंचेको सबै कुरामाथि तुषारापात भयो ।’

 साउदीमा ज्यान गुमाएका बद्रीको शव अहिलेसम्म आउन सकेको छैन । यसैबीच बद्री मण्डलको घटना सम्वन्धमा जानकारी लिनका लागि मधवापुर पुगेको सबल नेपालको मिडिया पार्टनर टिमले परिवारलाई क्षतिपूर्तिको लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, पिएनसीसी तथा नेपाल सरकारसँग सहयोगको लागि सिफारिस गर्ने जनाएको सबल नेपालका कार्यक्रम संयोजक असोक साहले बताएका छन् ।

0 comments:

Post a Comment