300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद

२७ वैशाख, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेना नजिकबाट सशस्त्र प्रहरीले आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद गरेको छ । भारततर्फ म१प ३४३६ र भारतीय युए ०६ जी २९६३ नम्बरको दुईवटा मोटरसाइकलमा चार बोरा प्रतिबन्धित जडीबुटी पाँच औंले निकासी भइरहेको अवस्थामा आइतबार राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सो जडीबुटी बरामद गरेको हो । बरामद जडीबुटी जिल्ला वन कार्यालय कञ्चनपुरमा जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए । सङ्कलन बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको जडीबुटी पाँच औँले प्रतिगोटा एक हजार बढी मूल्य पर्ने वन कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद जडीबुटीको बजार मूल्य आठ करोड बढी रहेको छ ।

0 comments:

Post a Comment