कोलकाता, वैशाख २३ । भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपिएल) को गएराति भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ७ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताका लागि रोविन उथप्पाले ७० रन तथा गौतम गम्भिरले ५४ रन जोडे ।
जवाफमा १६५ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सक्यो । पञ्जावका ग्लेन म्याक्सवेलले ६८ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।
पञ्जावलाई सस्तैमा समेट्न कोलकाताका आन्द्रे रसेलले ४ ओभरमा २० रन खर्चदै ४ विकेट झारे । जितसँगै कोलकाता आईपिएल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
९ खेलबाट उसले १२ अंक जोडेको छ भने समान १२ अंक जोडेको गुजरात लायन्स रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
आईपिएल क्रिकेटमा आज राती दिल्ली डेयरडेभिल्स र राईजिङ पुणे सुपर जाईन्ट्सको कडा प्रतिष्पर्धा हुने छ ।
Wednesday, May 4, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment